२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
प्रेस विज्ञप्ति

ज्योति विकास बैंकद्वारा साढे १ अर्ब रुपैयाँको ऋणपत्र निष्काशन

banner

ज्योति विकास बैंकले आफ्नो ऋणपत्र निष्काशन गरेको छ । बैंकले एक हजार अंकित दरका १५ लाख कित्ताले हुन आउने १.५ अर्ब रुपैयाँको ‘ज्योति विकास बैंक बोन्ड २०८७’ ऋणपत्र निष्काशन खुल्ला गरेको हो ।

बैंकले निष्काशनको निमित्त एनआईबिएल एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकका रुपमा नियुक्त गरेको छ।

बैंकले ९ प्रतिशत वार्षिक ब्याजदरले अर्धवार्षिक रुपमा ब्याज भुक्तानी गर्ने गरी १० वर्ष अवधिको लागि ऋणपत्र निष्काशन गरेको हो ।

१.५ अर्बको ऋणपत्र मध्ये सर्वसाधारण लगानीकर्ताहरुका लागि ६० करोड र व्यक्तिगतरविभिन्न संघसंस्थाहरुका लागि ९० करोड निष्काशन तथा बिक्री खुल्ला गरिएको छ ।

उक्त ऋणपत्रमा न्युनतम आवेदन २५ कित्तादेखि अधिकतम आवेदन सम्पूर्ण कित्ता रहेको  छ ।

लगानीकर्ताहरुले यस ऋणपत्रमा नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त सिआस्वामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ ।

ad

यो पनि पढौँ

ख्वप अस्पताललाई १०० शैय्याको अस्पताल सञ्चालन अनुमति प्राप्त

कोर्पोरट आवाज डट कम

महालक्ष्मी विकास बैंकको बोनस सेयर सूचीकृत

कोर्पोरट आवाज डट कम

सनराइज बैंकका ग्राहकले अब एटिएम कार्ड प्रयोग नगरी पैसा झिक्ने सक्ने

कोर्पोरट आवाज डट कम