
लक्ष्मी बैंकले लिमिटेडले शाखा सञ्जाल विस्तारका क्रममा काठमाडौं महानगरपालिका, क्षेत्रपाटीमा १३३ औं शाखा सञ्चालनमा ल्याएको छ । यस नयाँ शाखा मार्फत ग्राहकले सम्पूर्ण रिटेल बैंकिङ सेवा पाउन सक्नेछन् । साथै बैंकले साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ ।
सुविधा जनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पुरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा आक्रामक रुपमा सेवा विस्तार गर्दै आएको जनाएको छ ।


