२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
अर्थ प्रेस विज्ञप्ति समाचार

दोस्रो दिनमा यूनियन लाइफको आइपीओमा ३.२६ गुणा बढीको आवेदन

banner

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको आइपीओमा ३.२६ गुणा बढीको आवेदन परेको छ । विक्री प्रबन्धक प्रभु क्यापिटलको अनुसार ३ बजेसम्ममा ११ लाख २८ ३ सय ८४ जना आवेदकबाट १ करोड ८९ लाख ७९ ९ सय ३० कित्ताको लागि आवेदन परेको हो ।

कम्पनीले कम्पनीले एक सय रुपैयाँ अंकित दरमा कूल ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता आईपीओ निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको हो । आईपीओको कूल कित्तामध्ये कुल पुँजीको ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लागनीकोषहरुलाई सुरक्षित गरेको छ भने बाँकी ५८ लाख ५ हजार कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ ।

उक्त आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्ता र अधिकतममा ३२ हजार २५० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

उक्त आईपीओमा सर्वासाधारण लगानीकर्ताले ५८ लाख ५ हजार कित्तामा आवेदन दिन सक्नेछन् । लगानीकर्ताले उक्त आईपीओमा आज असार २४ गतेदेखि छिटोमा असार २८ गते र ढिलोमा साउन ७ गतेसम्म आवेदन दिन सक्नेछन् ।

इक्रा नेपालले यस कम्पनीको आइपीओलाई इक्रा एनपी इस्यूआर त्रिपल बी रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँदछ ।

लगानीकर्ताहरुले नेपाल धितोपत्रबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखाहरुबाट आवेदन दिन सक्नेछन् भने अनलाईन मार्फत मेरो सेयरबाट पनि आवेदन दिन सकिने छ ।

ad

यो पनि पढौँ

दरवार हत्याकाण्डकाे २० वर्ष पूरा, सम्झनामा राजा वीरेन्द्र

कोर्पोरट आवाज डट कम

लकडाउन खुल्ने बित्तिकै शैक्षिक संस्था सञ्चालन हुँदैनन् : शिक्षामन्त्री

कोर्पोरट आवाज डट कम

अमेरिकन आइडलमा ईतिहास रचेका दिवेश पोखरेलले समर्थकलाई धन्यबाद दिदै आफूलाई मतदान गर्न आग्रह

कोर्पोरट आवाज डट कम