२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
अर्थ समाचार

आर्थिक वर्षको अन्तिम शनिबार भोलि, के बैंकका शाखाहरु खुलै हुन्छन् ?

banner

काठमाडौं, २५ असार । राजश्व संकलन गर्ने बैंकका शाखा तथा काउन्टरहरु भोलि शनिबार पनि खुला नै रहने भएका छन् । चालु आर्थिक वर्षको अन्तिम शनिबार भएका कारण बैंकहरूले राजश्व संकलनका लागि समस्या नहोस भनेर सेवा सुचारु राख्ने भएका हुन् ।

त्रैमासको अन्तिम दिन सार्वजनिक बिदा वा २५ गते पछाडि शनिबार परे शाखा कार्यालयहरु खुला राख्न नेपाल राष्ट्र बैंकले सूचना निकालेर बैंकहरुलाई निर्देशन दिने गरेको थियो । आज शुक्रबार भने राष्ट्र बैंकले सूचना निकालेको छैन ।

यद्यपि चौथो त्रैमासको अन्तिम शनिबार भएका कारण बैंकले शाखा तथा काउन्टरहरु खोलेर सेवा दिनसक्ने राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बताए ।

त्रैमासको २५ गते पछाडि शनिबार परे पनि खोल्नु भनेर हामीले स्टाण्डिङ निर्देशन दिएका छौं, यसकारण हामीले आज छुटै निर्देशन नदिए पनि आवश्यकताका आधारमा बैंकले शाखा कार्यालयहरु खुला नै राख्नेछन् प्रवक्ता ढकालले भने ।

बैंकर्स संघका अध्यक्ष भुवन दाहालले पनि शाखा कार्यालयहरुले चेक क्लियरि समेतका केही सेवाहरुका लागि शनिबार बैंक खुला हुने बताएका छन् ।

ad

यो पनि पढौँ

काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा जारी नै राखेर सार्वजनिक यातायात खोल्ने तयारी, प्रजिअहरूको बैठक बस्दै

कोर्पोरट आवाज डट कम

असारे विकासः एकै दिन १२ अर्ब निकासा

कोर्पोरट आवाज डट कम

विराटनगर महानगरपालिकाले पठाएका यात्रु काठमाडौं भित्रिए

कोर्पोरट आवाज डट कम