४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग समाचार स्वास्थ्य

कोरोनाभाइरस: गन्ध वा स्वाद थाहा नपाउनु के मुख्य लक्षण हो?

banner

गन्ध वा स्वाद थाहा नपाउने अवस्था कोरोनाभाइरसको लक्षण हुन सक्ने ब्रिटेनका अनुसन्धानकर्ताहरूले बताएका छन्।

लण्डनस्थित द किङ्स कलेजको एउटा समूहले कोभिड-१९ को लक्षण देखिएको विवरण एउटा एपमार्फत् व्यक्त गरेका ४ लाखभन्दा बढी मानिसको जवाफको अध्ययन गरेको थियो।

तर गन्ध वा स्वाद थाहा नपाउनु, रुघाखोकीजस्ता श्वासप्रश्वाससम्बन्धी अन्य सङ्क्रमणको पनि लक्षण हो।

विज्ञहरूले सबैभन्दा बढी ध्यान दिनुपर्ने र कदम चाल्नुपर्ने लक्षण चाँहि ज्वरो र खोकी भएको उल्लेख गरेका छन्।

यदि तपाईँ वा तपाईँसँगै बसिरहेका कोहीमा निरन्तर खोकी वा उच्च ज्वरो देखिएको छ भने कोरोनाभाइरसको सङ्क्रमणको जोखिम नियन्त्रणका लागि घरभित्रै बस्न सुझाव दिइएको छ।

अध्ययनले के फेला पार्‍यो?

द किङ्स कलेजका अनुसन्धानकर्ताहरूले कोरोनाभाइरसका सम्भावित लक्षणबारे विज्ञहरूलाई बुझ्न थप मद्दत पुगोस् भन्ने उद्देश्यले आफ्नो अध्ययन केन्द्रित गरेका थिए।

कोभिड सिम्पटप ट्रायकर एपका अनुसार सम्भावित लक्षण रहेको भनिएका व्यक्तिहरूले निम्न धारणा राखेका थिए:

  • ५३ प्रतिशतले आफूले थकित वा गलेको महसुस गरेको बताए
  • २९ प्रतिशतले निरन्तर खोकी भएको बताए
  • २८ प्रतिशतले सास फेर्न गाह्रो भएको बताए
  • १८ प्रतिशतले गन्ध र स्वाद थाहा नपाएको बताए
  • १०.५ प्रतिशतले ज्वरो आएको बताए

अध्ययनमा सहभागी चार लाख मानिसमध्ये १७ सय २ जनाले कोभिड-१९ को परीक्षण गराएका थिए। त्यसमध्ये ५७९ जनामा कोभिड- १९ देखिएको थियो।

कोरोनाभाइरसको सङ्क्रमण देखिएकामध्ये प्रत्येक पाँच जनामध्ये तीन जनाले स्वाद वा गन्ध थाहा नपाएको धारणा राखेका थिए।

ad

यो पनि पढौँ

सनराइज बैंकद्वारा गण्डकी प्रदेश सरकारलाई ५० थान पीपीई सहयोग

कोर्पोरट आवाज डट कम

लकडाउन मोडालिटी : कृषि र मालसामान ढुवानीमा लकडाउन हटाउने, सावधानीसाथ उद्योग सञ्चालन, यातायातको बन्देज कायमै राख्न सुझाव

कोर्पोरट आवाज डट कम

कोभिडविरुद्धको खोप अर्को वर्षको मध्यपछि मात्र बजारमा आउछः विश्व स्वास्थ्य सङ्गठन

कोर्पोरट आवाज डट कम

Leave a Comment