२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग समाचार

सनराइज बैंकद्वारा गण्डकी प्रदेश सरकारलाई ५० थान पीपीई सहयोग

banner

विश्वव्यापी महामारीको रुपमा फैलिएको नोभल कोरोनाभाइरस (कोभिड–१९)को रोकथाम, नियन्त्रण र उपचारमा गण्डकी प्रदेशमा सहयोग पु¥याउन सनराइज बैंक गण्डकी प्रादेशिक कार्यालयमार्फत ५० थान पीपीई हस्तान्तरण गरेको छ । ५० थान पीपीई मध्य ५ थान पुन प्रयोग गर्न मिल्ने छ । 

सनराईज बैंकका गण्डकी प्रादेशिक कार्यालय प्रमुख रबिन्द्र के.सी.ले सामाग्री हस्तान्तरण गर्दै गण्डकी प्रदेशमा समेत कोरोनाभाइरस रोगको जोखिम बढेको हुदाँ विभिन्न अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरु र सेवामा खटीने सबैको सुरक्षाको लागि बैंकको गण्डकी प्रादेशिक कार्यालयले सामाजिक उत्तरदायित्वअन्र्तगत व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई) गण्डकी प्रदेशका माननिय मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गलाई  हस्तान्तरण गरेका हुन् ।

बैंकका प्रमुख कार्यकारी निर्देशक जनक शर्मा पैड्यालकाअनुुसार यो समयमा पीपीईको ठुलो महत्व भएकाले २ हप्ता सम्म पीपीईको खोजी गरी कोरोनाभाइरस महामारीको रोकथाम, नियन्त्रण र उपचारमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र अन्य कर्मचारीलाई हौषला बढाउन यो सहयोग गरेको बताए । 

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गले सनराईज बैंकबाट प्राप्त भएको यी सामाग्री नेपाली सेनालाइ ५ थान, नेपाल प्रहरीलाई ५, सशस्त्र प्रहरी बललाइ  ५ थान र  सामाजिक विकास मन्त्रालयलाइ ३० थान हस्तान्तरण गरी  यो समयमा पीपीई अत्यन्तै उपयोगी सामाग्री भएको बताउँदै बैंकलाई धन्यवाद व्यक्त गरे ।

सरकारले आवश्यक स्रोत, साधन, सुरक्षा र जनशक्त्तीको व्यवस्थापन गरी सुरक्षीत भरपर्दो र विश्वसनिय प्रबन्ध मिलाएको छ । यो महामारीबाट आफ्नो सुरक्षाका साथ साथै मानवजातीको सुरक्षाको लागि सरकारले जारी गरेको लकडाउन र अन्य आवश्यक निर्देशनहरु पुर्ण रुपले पालना गर्न सम्पुर्ण प्रदेशवासीलाई मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गले आग्रह गरे ।#सनराइज बैंक

ad

यो पनि पढौँ

इम्बोस्ड नम्बर प्लेट खारेज गर्न माग गर्दै मसाल जुलुस

कोर्पोरट आवाज डट कम

विपतमा परेका नेपालीलाई फर्काउन सर्वोच्चको आदेश

कोर्पोरट आवाज डट कम

आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, ईद मनाउन देशभर बिदा

कोर्पोरट आवाज डट कम

Leave a Comment