
पूर्वराजा ज्ञानेन्द्र शाहको जन्मदिनमा दिएको शुभकामनाका कारण अभिनेत्री मनिषा कोइराला चर्चामा आएकी छिन् ।पूर्वराजा शाहलाई जन्मदिनको शुभकामना दिएकोप्रति ट्विटरप्रयोगकर्ताहरुले आपत्ति जनाएका हुन् ।
अभिनेत्री कोइराला पूर्वराज शाहलाई पूर्वराजा नभनी श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर बिक्रम शाहदेव भनेर सम्बोधन गरेपछि ट्विटरप्रयोगकर्ताको नजरमा आएकी हुन् ।

मनिषाले शुभकामना व्यक्त गर्दै लेखेकी छिन्, ‘श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर बिक्रम शाहदेव को ७५ औं शुभजन्मोत्सवको उपलक्ष्यमा मौसूफ सरकारको सुःख,शान्ति, सुस्वास्थ्य, एबं दीर्घ जीवनका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।’

मनिषालाई पूर्व राजा लेख्न सबैले सुझाएका छन् । नेपालको संविधानले नै शाहलाई पूर्वराजा बनाइदिसकेको उल्लेख गर्दै आलोचना गरिएको हो ।

एक जनाले राज्यको संविधान ले अब यिनलाई पूर्व राजा बनाइदिएको छ । यो देशको नागरिक हु भन्नुहुन्छ भने तपाईंले नी पालना गर्न पर्छ, उहाँ अब श्री ५ महाराज धीराज होइन मात्र पूर्व राजा हो ।

तपाईंजस्तो बुझेको मान्छेले देशको संविधान विपरित बोल्दा हामीले अरूबाट के आशा राख्ने भन्दै प्रश्न गरेका छन् । मनिषा वीपी कोइरालाका नातिनी हुन् ।



