४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
राजनीति समाचार

गण्डकीका मुख्यमन्त्री नेपालीले पाए विश्वासको मत

banner

गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्। जेठ २९ मा मुख्यमन्त्री नियुक्त भएका नेपालीले शुक्रबार प्रदेश सभामा विश्वासको मतको प्रस्ताव राखेका थिए।

सो प्रस्तावमाथि मत विभाजन हुँदा प्रस्तावको पक्षमा ३१ र विपक्षमा २७ मत पर्यो। ५९ सदस्यीय प्रदेशसभामा बहुमत सांसद सरकारको पक्षमा देखिएका हुन्। प्रदेश सभामा ५८ सांसद उपस्थित थिए। काँग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जसपा र स्वतन्त्र एक सांसदले सरकारलाई विश्वास रहेको मत जाहेर गरेका हुन्।

विश्वासको मत पाएसँगै नेपाली नेतृत्वको सरकारले पेश गरेको आगामी आर्थिक वर्षको बजेट पारित गर्ने बाटो खुलेको छ भने मन्त्रिपरिषद विस्तार कार्यविभाजनका लागि पनि बाटो खुलेको छ। मुख्यमन्त्री नेपालीले विश्वासको मत लिएपछि मन्त्रिपरिषदलाई पूर्णता दिने र कार्यविभाजन गर्ने घोषणा गरेका थिए।

काँग्रेसका नेपाली संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री नियुक्त भएका थिए। यो धारा बमोजिम मुख्यमन्त्री नियुक्त हुनेले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। मुख्यमन्त्री नेपालीले मुख्यमन्त्री नियुक्त भएको एक हप्तामा विश्वासको मत लिएका हुन्। उनले विश्वासको मत पाएसँगै २०७९ सम्मको बाँकी कार्यकाल यो सरकार टिक्ने सम्भावना देखिएको छ।

यसअघि एमाले नेतृत्वको सरकार विश्वास मत नपाउँदा ढलेको थियो। तत्कालिन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राखेको विश्वासको मतको पक्षमा २७ मतमात्र परेको थियो। देश संघीयतामा गएपछि बनेका ७ मुख्यमन्त्री मध्ये गुरुङ कार्यकाल पूरा नगरी सरकारबाट बाहिरिने पहिलो मुख्यमन्त्री हुन्। उता काँग्रेस नेतृत्वमा सरकार बनेको पनि पहिलो हो।

ad

यो पनि पढौँ

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, यस्तो छ नयाँ मूल्यसूची

कोर्पोरट आवाज डट कम

बिस्का जात्रा औपचारिक पूजामा मात्र सीमित गर्ने निर्णय

कोर्पोरट आवाज डट कम

राँगाको आक्रमणबाट रौतहटमा महिलाको मृत्यु

कोर्पोरट आवाज डट कम