२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
अर्थ समाचार

असार सकिनै लाग्दा शेयर बजारमा छायो हरियाली, कारोबारमा एनआईसी एशिया बैंक अब्बल

banner

साताको पहिलो दिन आइतबार शेयर बजार सकारात्मक लय देखिएको छ । सूचकहरु र करोबार रकममा सान्तोना लिने ठाउँ बनेको छ । लगानीकर्ताहरु विकास बैंक तथा फाइनान्सतर्फ बढी आकर्षित भएका छन् ।

असारको आधाबाट बजारमा देखिएको असन्तुलन लगानीकर्ताहरुको कर, बैंक किस्ता तथा ब्याज भुक्तानीको लागि रकम जोहो गर्नुपरेकोले शेयर बजारको लय ट्रयाक बाहिर गएको थियो । असार सकिनै लाग्दा आईतबार शेयर बजारमा सर्वत्र छाएको हरियाली र कारोबारले लगानीकर्ताहरुमा उत्साह जागेको छ ।

नेप्से परिसूचक ७३.३३ अंकले बढेर २८९८.४३ विन्दुमा पुगेको छ । नेप्से २.६० प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स १३.५१ अंकले बढेर ५४३.१६ विन्दुमा पुगेको छ ।

कुल २२५ कम्पनीको शेयर कारोबार भएकोमा ३ करोड १५ लाख ८८ हजार ८५० कित्ता शेयरको कारोबारबाट ८ अर्ब ६१ करोड ३८ लाख २ हजार ४९६ रुपैयाँ बराबरको कारोबार भएको छ ।

१३ उपसमूहहरु सबैमा हरियाली छाएको छ । बैंकिङ व्यापार, होटल तथा पर्यटन, विकास बैंक, हाइड्रोपावर, फाइनान्स, नीर्जिवन बीमा, उत्पादन, अन्य, माइक्रोफाइनान्स, जीवन बीमा, म्युचुअल फण्ड र लगानी उपसमूहहरु सबैको शेयर बढेको छ ।

फाइनान्सतर्फ लगानीकर्ताहरु झुम्मिएका छन् । यो उपसमूहको सूचक ८.३९ प्रतिशतले बढेको छ । यस्तै विकास बैंकतर्फ ८.२४ प्रतिशतले बढेको छ ।

सूचक बढेका भएपनि अरु उपसमूहको सामान्य किसिमले बढेको देखिन्छ । जीवन बीमातर्फ २.९४ प्रतिशत, माइक्रोफाइनान्स २.५४ प्रतिशत, २.५६ प्रतिशत निीर्जिवन बीमा, हाइड्रोपावर २.७९ र बैंकिङ उपसमूहको २.३२ प्रतिशतले बढेको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी एनआईसी एशिया बैंकको कारोबार भएको छ । बैंकको ३९ करोड ९३ लाख ६० हजार ९५५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

ad

यो पनि पढौँ

पहिराेले मेलम्ची खानेपानी आयोजनामा १ अर्बको क्षति

कोर्पोरट आवाज डट कम

बुटवलमा प्रधानन्यायाधीश राणा र माधवकुमार नेपालको पुत्ला दहन

कोर्पोरट आवाज डट कम

मर्जर पछि नेपाल बंगलादेश बैंकका शेयरधनीलाई चरम घाटा, लाभांश नै कुर्नु पर्ने स्थिति

कोर्पोरट आवाज डट कम