४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
समाचार

उपत्यकामा एक घण्टामै ५० मिलिमिटर पानी पर्‍यो, घट्टेकुलो डुबानमा

banner

काठमाडौँ उपत्यकामा शनिवार दिउँसो ठूलो पानी परेको छ । काठमाण्डौमा गएको एक घण्टामै ५० मिलिमिटर भन्दा धेरै पानी परेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । ठूलो पानीसँगै काठमाण्डौका विभिन्न खोलामा बाढी आएको छ । रुद्रमतीमा बाढी आउँदा अनामनगर क्षेत्रको सडक तथा छेउछाउका घरमा समेत पानी पसेको छ । यस्तै काठमाण्डौको घट्टेकुलो क्षेत्र पनि डुबानमा परेको छ ।

वाग्मती, मनोहरा, हनुमन्ते, गोदावरी लगायतका नदीमा पनि पानीको बहाव बढेको छ । कतिपय ठाउँको सडकमा पनि पानी जमेर आवतजावतमा समस्या भएको छ । काठमाण्डौमा आज राति पनि ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् श्रेष्ठले जानकारी दिनुभयो ।

अहिले प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा सामान्यदेखि मध्ययम र केही ठाउँमा ठूलो पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर मनसुनी वायुको प्रभाव रहेकाले धेरै ठाउँमा पानी परिरहेको हो । सोमवारसम्म नै मनसुन सक्रिय भइरहने भएकाले देशका धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाले आउँदो २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भारी वर्षाका कारण पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहनाका साथै नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने र दैनिक जीवनरयातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।

ad

यो पनि पढौँ

अष्ट्रेलियाको सिड्नी जाने भयो नेपाल एयरलाइन्स

कोर्पोरट आवाज डट कम

विजेन्द्रले नवदुर्गालाई चढाए ९० हजारको ‘खःमेय्’

कोर्पोरट आवाज डट कम

ओलीको कटाक्षपछि नेपालको प्रतिवाद

कोर्पोरट आवाज डट कम