४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
खेलकुद समाचार

इटालीलाई यूरो कप उपाधि

banner

यूरो कप २०२० को उपाधि इटालीले जितेको छ । घरेलु टोली इङ्यान्डलाई टाइब्रेकरमा पराजित गर्दै इटालीले गएराति युरोपेली च्याम्पियनसिप २०२० को उपाधि जितेको हो ।

निर्धारित ९० मिनेटमा १–१ को बराबरी र थप ३० मिनेटमा गोल हुन नसक्दा खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा इंग्ल्यान्डले लगातार ३ प्रहारमा गोल गर्न नसक्दा इटालीले ३–२ को नतिजा पस्किन सफल भयो ।

खेलको दोस्रो मिनेटमा नै इंग्ल्यान्डले लुक शाको गोलमा अग्रता लिएको थियो । इटालीको कर्नरबाट अघि बढेको इंग्ल्यान्डको काउन्टर अट्याकमा शा गोल गर्न सफल भएका थिए ।

दोस्रो हाफमा इटालीले सुधारिएको खेल प्रदर्शन गर्दै खेलमा फर्कियो । एकपछि अर्को आक्रमण विफल पारेको इंग्ल्यान्डले काउन्टरमा अवसर भने सिर्जना गरेको थियो । ६७ औं मिनेटमा इटालीले बोनुचीको गोलमा खेल बराबरी गर्न सक्यो । बेरार्डीको कर्नरमा भेराट्टीको हेडरलाई पिकफर्डले बचाए पनि पोस्टमा लाग्दै फर्केको बलमा बोनुचीले कुनै गल्ती गरेनन् ।

अतिरिक्त समयमा गोल ननिस्केपछि खेल टाइब्रेकरमा पुगेको हो । जसमा इटालीका ३ प्रहार गोल हुँदा २ खेर गए । उता इङ्ल्याण्डका ३ प्रहार खेर जाँदा २ सुटलेमात्र जाली चुम्न सके ।

यसअघिको विजेता पोर्चुगल थियो ।

ad

यो पनि पढौँ

नागरिकतासम्बन्धी अध्यादेश कार्यान्वयन नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश

कोर्पोरट आवाज डट कम

पदभार ग्रहणपछि विवादास्पद अभिव्यक्ति दिँदा महतो विवादमा तानिए

कोर्पोरट आवाज डट कम

कोरोनाको राहत लिनेको घर जल्यो, खुल्यो २४ लाख लुकाएको रहस्य

कोर्पोरट आवाज डट कम