२२ चैत्र २०८२, आईतवार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
राजनीति समाचार

कोइराला परिवारको लन्च मिटिङ, एकजुट हुनुपर्ने निष्कर्ष

banner

काठमाडौं। नेपाली काँग्रेसको १४ औं महाधिवेशनको मिति नजिकिँदै जाँदा सभापतिका आकांक्षीहरुको दौडधुप र बैठकहरुले तिब्रता पाएका छन्। यसक्रममा शनिबार कोइराला परिवारका तीन नेताको लन्च मिटिंग भयो।

काँग्रेस मुलतः कोइराला परिवारको विरासतमा स्थापित पार्टी हो। तर, १३ औं महाधिवेशनदेखि पार्टीको कमाण्ड कोइराला परिवारबाट टाढा गएको छ र सरकारको नेतृत्व गरे पनि इतिहासमै काँग्रेस यति कमजोर पनि छ। कोइराला परिवार भित्र पार्टीको कमाण्ड फेरि कोइराला परिवारमै फर्काउने गरी छलफल भएको छ।

शनिबार बीपी पुत्र महामन्त्री डा. शशांक कोइराला, नोना पुत्र केन्द्रीय सदस्य डा. शेखर कोइराला र गिरिजा पत्री केन्द्रीय सदस्य सुजाता कोइरालाबीच महामन्त्री कोइरालाको निवासमा लन्च मिटिंग भएको छ।

यी तीनैजना कोइराला सभापतिका आकांक्षी हुन्। ती मध्ये सुजाताको स्वर अलि कमजोर छ। तर, शशांक र शेखर भने आफू नै उम्मेदवार हुनुपर्ने भन्दै तिब्र तयारी गरिरहेका छन्। संस्थापन इतर समूहलाई एकजुटमात्र बनाएर नपुग्ने र कोइराला परिवार भित्र पनि एकजुट हुनुपर्ने अवस्था देखिएपछि कोइराला परिवारका नेताहरुले लामो समयपछि लन्च मिटिंग गरेका हुन्।

शनिबारको लन्च मिटिंग सामान्य पारिवारिक भेटघाट भएको शशांकको सचिवालयले जनाएको छ। शशांकका स्वकीय सचिब भरत तिवारीले डिसी नेपालसँग भने, ‘यो सामान्य पारिवारिक भेट हो। तर, यस्तो बेला भएको भेटमा राजनीतिक विषयमा छलफल त हुने नै भयो। कोइराला परिवार मिलेर जानुपर्छ भन्नेमा छलफल भएको छ।’

तीन कोइरालाहरु मिलेर जानुपर्छ भन्ने भए पनि कसरी मिल्ने भन्ने विषयमा भने हालसम्म कुनै सुत्र फेला नपरेको शेखर निकट स्रोतले बतायो। स्रोतले भन्यो, ‘मिलेर जाने भन्ने कुरा त भएको छ। तर कसरी, कसलाई अगाडि सार्ने भन्ने विषयमा कुनै फर्मुला फेला परिसकेको छैन।’

१३ महाधिवेशन लगत्तै देश दौडाहा शुरु गरेर सभापतिको भावी उम्मेदवार बन्ने घोषणा गरेका शेरख सतिजलै ब्याक हुने सम्भावना छैन। उता शशांक भने वर्तमान सभापति शेरबहादुर देउवालाई पराजित गर्न सक्ने आफूमात्र एक्लो उम्मेदवार भएको दावी गर्छन्। १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने योजनाका साथ उनी १३ औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवार बनेका थिए र जितेका पनि थिए।

शेखरले वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटेर आफूलाई सहयोग गर्न भन्दै पौडेललाई राष्ट्रपतिको प्रस्ताव गरेका थिए। तर, पौडेलले भने आफू पनि उम्मेदवार हुने बताउँदै आएका छन्। उनले १३ औं महाधिवेशनको घाइते भएकाले आफू स्वभाविक उम्मेदवार रहेको बताउने गर्छन्।

उता शशांकले भने महेन्द्र नारायाण निधि पुत्र उपसभापति विमलेन्द्र निधि र गणशेमान पुत्र पूर्वमहामन्त्री प्रकाशमान सिंहसँग तीन पटकसमम्म लन्च मिटिंग गरेका छन्। कोइराला परिवारसँगै यी तीन नेताको लन्च मिटिंगले पनि काँग्रेसमा तरंग ल्याएको थियो। तर, यो मिटिंगमा वरिष्ठ नेता पौडेल असन्तुष्ट बनेपछि उनीहरुबीच फेरि भेटघाट भएको छैन।

आगामी भदौ १६ देखि १९ सम्म काठमाडौंमा काँग्रेसको १४ औं महाधिवेशन हुँदैछ। तर, अहिलेसम्म क्रियाशील सदस्यताको विषय नटुगिएकाले महाधिवेशनमाथि नै आशंक उत्पन्न हुन थालेको छ। तर, संवैधानिक बाध्यता भएकाले जसरी पनि महाधिवेशन हुने सभापति तथा प्रधानमन्त्री देउवाले बताउँदै आएका छन्। देउवाले पनि उम्मेवारी घोषणा गरिसकेका छन्। त्यसैले देउवा इतर समूहले देउवालाई हराउन एकमात्र उम्मेदवार हुनुपर्ने बताए पनि हालसम्म ईतर समूहमा आधा दर्जनभन्दा धेरै सभापतिका आकांक्षी छन्।

ad

यो पनि पढौँ

कांग्रेसका ८ सांसदको संविधान संशोधन विधेयक पार्टीको निर्णय विपरित !

कोर्पोरट आवाज डट कम

फ्रान्सबाट आएकी कोरोना संक्रमित युवती आइसोलेसनमै, परिवारको नतिजा नेगेटिभ

कोर्पोरट आवाज डट कम

अविरल वर्षाले काभ्रेमा दुईको मृत्यु, दुई घाइते

कोर्पोरट आवाज डट कम