२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग समाचार

अविरल वर्षाले काभ्रेमा दुईको मृत्यु, दुई घाइते

banner
हिजोदेखि परेको अविरल वर्षाको कारण काभ्रेको जनजिवन प्रभावित भएको छ । बनेपा ३ नाला, चुनातालमा विहान घर भत्कदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
प्रहरीले न्युज अफ नेपाललाई जानकारी दिए अनुसार अविरल वष घर भत्कदा काभ्रेमा दुई जनाको मृत्यु भएको छ चुनातालमा घर भत्कदा गोमा दंगाल र उनको एक नातिनीको मृत्यु भएको हो । साथै एक नातिनि र बुहारी घाइते छन् । घाइते दुवै जनाको बनेपा स्थित शीर मेमोरियल अस्पतालमा उपचार भैरहेको जनाइएको छ ।
अविरल वर्षाको कारण कोशीपारि ४ स्थित गोठपानीमा चार घर जोखिममा परेको छ । जिल्लाको विकट क्षेत्र डाडापारि, कोशिपारि तथा ढंखर्क क्षेत्रमा ठाउठाउमा पहिरो गएको कारण यातायात सञ्चालन हुन सकेको छैन । बनेपा पुलवजार क्षेत्र डुवानमा परेको छ भने खोला नालामा आएको बाढीले सडककिनारामा समेत असर गरेको छ ।

ad

यो पनि पढौँ

संसदमा आजबाट प्रिबजेट छलफल सुरु हुँदै

कोर्पोरट आवाज डट कम

कोरोना संक्रमित भनिएका युवक सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज

कोर्पोरट आवाज डट कम

च्याम्पियन्स लिग अनिश्‍चितकालका लागि रोकियो

कोर्पोरट आवाज डट कम

Leave a Comment