५ आश्विन २०८०, शुक्रबार / September 22, 2023
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग समाचार

अविरल वर्षाले काभ्रेमा दुईको मृत्यु, दुई घाइते

banner
हिजोदेखि परेको अविरल वर्षाको कारण काभ्रेको जनजिवन प्रभावित भएको छ । बनेपा ३ नाला, चुनातालमा विहान घर भत्कदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
प्रहरीले न्युज अफ नेपाललाई जानकारी दिए अनुसार अविरल वष घर भत्कदा काभ्रेमा दुई जनाको मृत्यु भएको छ चुनातालमा घर भत्कदा गोमा दंगाल र उनको एक नातिनीको मृत्यु भएको हो । साथै एक नातिनि र बुहारी घाइते छन् । घाइते दुवै जनाको बनेपा स्थित शीर मेमोरियल अस्पतालमा उपचार भैरहेको जनाइएको छ ।
अविरल वर्षाको कारण कोशीपारि ४ स्थित गोठपानीमा चार घर जोखिममा परेको छ । जिल्लाको विकट क्षेत्र डाडापारि, कोशिपारि तथा ढंखर्क क्षेत्रमा ठाउठाउमा पहिरो गएको कारण यातायात सञ्चालन हुन सकेको छैन । बनेपा पुलवजार क्षेत्र डुवानमा परेको छ भने खोला नालामा आएको बाढीले सडककिनारामा समेत असर गरेको छ ।
ad

यो पनि पढौँ

लोकसेवाले खोल्यो बिज्ञापन, कुन समुहमा कति गर्यो माग (सूचनासहित)

कोर्पोरट आवाज डट कम

कोरोना अपडेट : थप ४२५ जनामा संक्रमण पुष्टि, निको हुनेको संख्या ९७४ पुग्यो

कोर्पोरट आवाज डट कम

ट्रम्पले भने– कोरोना संक्रमण हालसम्मकै नराम्रो हमला, तर राष्ट्रपतिको चुनाव रोकिँदैन

कोर्पोरट आवाज डट कम

Leave a Comment