५ आश्विन २०८०, शुक्रबार / September 22, 2023
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
खेलकुद समाचार

१३ औं सागमा स्वर्ण पदक जितेकी अनुले छाडिन् एपीएफ

banner

१३ औं दक्षिण एसियाली खेलकुद (साग)मा गोल्ड मेडल जितेकी कराते खेलाडी अनु अधिकारीले विभागीय टोली एपीएफ छाडेकी छिन् । गत डिसेम्बरमा घरेलु भूमिमा भएको सागमा अनुले ५० केजी तौल समूहमा स्वर्ण पदक जितेकी थिइन् ।

एपीएफबाट घरेलु प्रतियोगिताहरु खेल्दै आएकी अनुले अहिले एपीएफ छाडेकी हुन् । अघिल्लो महिना फागुनमै राजीनामा दिएको र स्वीकृत भइसकेको अनुले बताइन् ।

राष्ट्रिय टिमको क्याम्पमा रहेकी अनु टोकियो ओलम्पिकको छनोट खेल्ने तयारीमा थिइन् । तर कोरोना भाइरसको महामारीका कारण टोकियो ओलम्पिक एक वर्ष पछि सरेको छ ।

नुवाकोट स्थायी घर भएकी अनु २०६९ सालमा करारमा एपीएफ पुगेकी थिइन् । २०७० सालदेखि उनी त्यहाँ जागिरेकै रुपमा काम गर्न थालिन् । यसबीचमा उनले राष्ट्रिय–अन्तर्राष्ट्रिय सबै प्रतियोगिता खेल्दा एपीएफमै रहेर खेलिन् ।

‘मैले एपीएफबाट करिब ७ वर्ष खेलेँ । एपीएफले मलाई धेरै दिएको छ । अहिले आफ्नो अध्ययनलाई अगाडि बढाउन एपीएफ छाडेकी हुँ,’ अनुले अनलाइनखबरसँग भनिन् ।

अनु स्नातकोत्तर तहको परीक्षाको लागि तयारी गरिरहेकी थिइन् । साथै टोकियो ओलम्पिक २०२० लाई पनि विशेष ध्यान दिएर तालिम गरिरहेकी थिइन् । तर विश्वभर कोरोना भाइरस महामारीको रुपमा फैलिएपछि अहिले उनको परीक्षा र तालिम दुवै रोकिएको छ ।

टोकियो ओलम्पिक एक वर्षपछि सरेको छ । अब उनी ओलम्पिककै तयारीमा लाग्ने बताइन् । एपीएफ छाडे पनि विभागले आफूलाई धेरै कुराहरु दिएकाले एपीएफकै नामबाट ओलम्पिक छनोट खेल्ने बताइन् ।

अनुले घरेलु भूमिमा साग गोल्ड मेडल जित्नुभन्दा एक दशकअघि नै साग खेलेकी थिइन् । बंगलादेशमा सन् २०१० मा भएको ११औं सागमा उनले प्रतिस्पर्धा गरेकी थिइन् । जहाँ उनले डेब्युमै रजत पदक जितिन् । जतिबेला उनी १६ वर्षको मात्र थिइन् ।

अनुले दुई वटा एसियन गेम्समा पनि प्रतिस्पर्धा गरिन् । २०१४ मा दक्षिण कोरिएको इन्चोन एसिएन गेम्स र २०१८ को इन्डोनेसियामा भएको जाकार्ता एसियन गेम्स उनले खेलेकी थिइन् । इन्डोनेसियामा उनी पदक नजिक पुगे पनि निर्णायक खेलमा जापानी खेलाडीसँग पराजित भइन् । उनले त्यहाँ दुई म्याच जितेकी थिइन् ।

२ एसियन गेम्स २ साग खेलेकी अनुले अन्य विभिन्न अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता समेत खेलेकी छिन् ।

ad

यो पनि पढौँ

एकदिवसीय डेब्युमा शतक बनाउने पाँच एसियाली खेलाडी

कोर्पोरट आवाज डट कम

२ लाख ८५ हजार व्यक्तिले दर्ता गरे मोबाइलको आईएमईआई नम्बर

कोर्पोरट आवाज डट कम

होटलमा जुवा खेल्ने उच्च व्यापारिक घरानाका व्यक्तिहरु पक्राउ

कोर्पोरट आवाज डट कम

Leave a Comment