४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
समाचार

लकडाउन उल्लंघन गर्ने एक हजार सवारी साधन कारबाहीमा

banner

 दाङमा लकडाउन उल्लंघन गर्ने एक हजार ५१ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र ११ गतेदेखि १९ गतेसम्ममा दाङ प्रहरीले एक हजार ५१ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको हो ।

लकडाउनको ९ औँ दिन २७ वटा सवारीका साधन नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । बुधवार मात्रै दाङमा १७ वटा मोटरसाइकल, ४ \४ वटा जीप, कार, अटो र दुईवटा ट्रक नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।

नियन्त्रणमा रहेका सवारीका साधन लकडाउन सकिएपछि मात्रै सवारी धनीलाई फिर्ता दिने जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी निरीक्षक प्रेम रेग्मीले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय दाङले उपलब्ध गराएको तथ्याङ्कअनुसार ८३४ वटा मोटरसाइकल नियन्त्रणमा रहेका छन् ।

यस्तै ट्रक ५८ वटा, स्कुटर ५६ वटा नियन्त्रणमा छन् भने जीप, कार ४० वटा नियन्त्रणमा छन् । यसैगरी अटो २७, ट्याक्टर १८, टिप्पर १२, बस ८ र जेसिबी एक गरी एक हजार ५१ वटा सवारीका साधन नियन्त्रणमा लिइएको छ । नियन्त्रणमा लिइएको सवारी साधन अहिले जिल्ला ट्राफिक कार्यालयमा राखिएको छ ।

ad

यो पनि पढौँ

पर्सा निकुञ्‍जमा सेना र तस्करबीच गोली हानाहानः एक तस्करको ज्यान गयो, एक जमदार घाइते

कोर्पोरट आवाज डट कम

लकडाउनले समस्यामा परेका आयोजनालाई ६ महिनासम्मको म्याद थप

कोर्पोरट आवाज डट कम

सीडी रेसियो ९५.९% सम्म, पोहोर-परारजस्तो ठानेर मनपरी लगानी गर्दा अप्ठेरोमा परे बैंकहरु

कोर्पोरट आवाज डट कम

Leave a Comment