२२ चैत्र २०८२, आईतवार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
अर्थ समाचार

२६ प्रतिशतले बढ्यो बीमा बजार, ११ हजारले पाए रोजगारी

banner

काठमाडौं । नेपालको बीमा बजार एक वर्षमा २६.१८ प्रतिशतले बढेको छ । बीमा समितिका अनुसार आर्थिक वर्ष २०७७/७८ मा बीमा बजार सो मात्राले बढेको हो ।

समितिले दिएको तथ्याङ्क अनुसार जीवन तथा निर्जीवन बीमा कम्पनीले गत असार मसान्तसम्ममा १ खर्ब ५२ अर्ब ६५ करोड रुपैयाँ बराबरको कूल बीमाशुल्क आर्जन गरेका छन् । जसमध्ये जीवन बीमा कम्पनीले १ अर्ब २० अर्ब ९५ करोड र निर्जीवन बीमा कम्पनीले ३१ अर्ब ७० करोड रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका छन् । जुन अघिल्लो वर्षको तुलनामा क्रमशः २७.१२ प्रतिशत र २२.७४ प्रतिशतले वृद्धि हो ।

कुल ग्राहास्थ उत्पादनमा कूल बीमाशुल्कको योगदान (प्रचलित मूल्यमा) ३.५८ प्रतिशत रहेको छ । त्यस्तै, जनसंख्याको आधारमा बीमाको पहुँच (बैदेशिक रोजगार बीमा समेत) २७ प्रतिशत र बैदेशिक रोजगार बीमा बाहेक २४.७६ प्रतिशत रहेको समितिले जनाएको छ ।

हाल बीमा क्षेत्रमा कूल १० हजार ७५२ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । त्यस्तै, बीमा सर्भेयर करिब ४०० जना र बीमा अभिकर्ता करिब साढे २ लाख रहेका छन् ।

नेपालमा हाल ४१ वटा कम्पनीले बीमा व्यवसाय गरिरहेका छन् । जसमा १९ वटा जीवन, २० वटा निर्जीवन र २ वटा पुनर्बीमा कम्पनी रहेका छन् । जसमध्ये जीवन बीमा कम्पनीको चुक्ता पुँजी कूल ३८ अर्ब २१ करोड रुपैयाँ र निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी १९ अर्ब २८ करोड रुपैयाँ रहेको समितिले जनाएको छ ।

ad

यो पनि पढौँ

अप्ठ्यारो पर्दा नेपालले गरेको सहयोग कहिल्यै बिर्सन्नौं, सकेको सहयोग गर्छौं: चीन

कोर्पोरट आवाज डट कम

विपतमा परेका नेपालीलाई फर्काउन सर्वोच्चको आदेश

कोर्पोरट आवाज डट कम

स्पेन र अमेरिकामा एकै दिनमा मृत्यु हुनेको संख्या अहिलेसम्मकै उच्च

कोर्पोरट आवाज डट कम