२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
खेलकुद

गम्भीरद्वारा दुई वर्षको तलब दिने घोषणा

banner

नयाँ दिल्ली, (एजेन्सी)

भारतीय पूर्वक्रिकेटर तथा दिल्लीका सांसद गौतम गम्भीरले कोरोना भाइरसविरुद्ध प्रधानमन्त्री राहत कोषमा आफ्नो दुई वर्षको तलब दान गरेका छन्।
गम्भीरले ट्वीटर एकाउन्टमा ट्वीट गरेका थिए– ‘मान्छेहरुले सोध्ने गर्थे आफ्नो देशले तपाईंलाई के गरेको छ ? जबकि सही प्रश्न यो हो कि आफूले आफ्नो देशलाई के गर्न सक्छन् ?

म आफ्नो दुई वर्षको तबल प्रधानमन्त्री राहत कोषमा दान गरिरहेको छु, । अरुहरुले पनि आफ्नो देशका लागि सहयोग गर्नुस ।’
यसअघि भारतीय पूर्व क्रिकेटर सचिन तेन्दुलकरले कोभिड–१९ महामारीबाट उम्कन ५० लाख रुपियाँ चन्दा दिएका थिए । यसैगरी भारतीय क्रिकेटका पूर्वकप्तान सौरभ गांगुलीले ५० लाख रुपियाँको चामल गरिबहरुलाई बाँड्ने घोषणा पनि गरेका छन् ।

ad

यो पनि पढौँ

आर्सनलले भित्र्यायो युवा डिफेन्डर नुनो

कोर्पोरट आवाज डट कम

सन्दीप र कुशलको टी-२० वरीयता एक स्थान खस्कियो, अलराउन्डरमा दीपेन्द्र शीर्ष दशमै

कोर्पोरट आवाज डट कम

१ सय ८७ खेलाडीहरूको सम्मान

Corporate Aawaj

Leave a Comment