२१ चैत्र २०८२, शनिबार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
खेलकुद समाचार

आर्सनलले भित्र्यायो युवा डिफेन्डर नुनो

banner

एजेन्सी । इंग्लिस क्लब आर्सनलले युवा डिफेन्डर नुनो ताभारेसलाई अनुबन्ध गरेको छ ।

आर्सनलले शनिबार पोर्चुगिज डिफेन्डर नुनोलाई अनुबन्ध गरिएको जनाएको छ ।

आर्सनलले नुनोलाई पोर्चुगिज क्लब बेन्फिकाबाट क्लब भित्र्याएको हो ।  

२१ वर्षीय डिफेन्डरलाई ८ मिलियन पाउण्डमा आर्सनलले अनुबन्ध गरेको हो ।

नुनोले आर्सनलसँग पाँच वर्षको सम्झौता गरेका छन् ।  

लेफ्ट ब्याक नुनोले बेन्फिकाका लागि ३५ खेल खेलेका छन् ।  गत सिजन उनले प्रिमिरा लिगमा १४ खेल खेलेका थिए ।  

नुनोले २०१९ मा बेन्फिकाको सिनियर टिममा डेब्यु गरेका थिए ।  

नुनो पोर्चुगलका यू-२१ टोलीका सदस्य समेत हुन् ।  

ad

यो पनि पढौँ

कौसी खेती गर्ने हो? ललितपुरले दिन्छ बीउ र मल सित्तैमा

कोर्पोरट आवाज डट कम

भक्तपुरमा लागू हुन सकेन दुरी तयको नियम

कोर्पोरट आवाज डट कम

स्वास्थ्य मापदण्ड अपनाएर व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग

कोर्पोरट आवाज डट कम