२२ चैत्र २०८२, आईतवार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
प्रेस विज्ञप्ति

ग्लोबल आइएमई बैंकले कर्णाली प्रदेशका कृषकलाई ब्याज अनुदानमा ऋण दिने

banner

काठमाडौं । ग्लोबल आइएमई बैंकले कर्णाली प्रदेशका कृषकलाई ब्याज अनुदानमा कर्जा उपलब्ध गराउने भएको छ । सो सम्बन्धी बैंक र भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कर्णाली प्रदेश, सुर्खेतबीच समझदारी भएकाे हाे ।

बैंकले उक्त प्रदेशका व्यवसायिक कृषि तथा पशुपन्छी पालनमा संलग्न कृषकलाई व्याज अनुदान प्रदान गर्न समझदारी पत्रमा हस्ताक्षर गरेको हो । उक्त समझदारी पत्रमा कर्णाली प्रदेश सरकार, भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्र र ग्लोबल आइएमई बैंक कर्णाली प्रादेशिक कार्यालय प्रमुख विष्णु अर्यालले हस्ताक्षर गरेका छन् ।

उक्त समझदारी अनुसार ग्लोबल आइएमई बैंकले मन्त्रालयले स्वीकृत गरेको “व्यवसायिक कृषि तथा पशुपन्छी पालन व्यवसायका लागि ब्याज अनुदान कार्यविधि, २०७६” अनुरुप कर्णाली प्रदेशका व्यवसायिक कृषकहरुका लागि व्याज अनुदान कार्यक्रम संचालन र सो सम्बन्धी व्यवसाय विकास मार्फत कृषकहरुको रोजगारीमा बृद्धि गरी उनीहरुको जीवनस्थरमा सुधार गर्ने उद्देश्यले सहुलियपूर्ण कृषि कर्जा उपलब्ध गराउनेछ । यस ब्याज अनुदान कार्यक्रम संचालनका लागि नेपाल राष्ट्र बैंक, कर्णाली प्रदेशले आवश्यक समन्वय तथा सहजिकरण गर्नेछ ।

बैंकले ७६ जिल्लामा बैंकको २८० शाखा, २४८ एटीएम, २५७ शाखा रहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८०० सेवा केन्द्रबाट २३ लाख भन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

ad

यो पनि पढौँ

नियोलाइट जनरल इन्सुरेन्स अन्तिम चरणमा

कोर्पोरट आवाज डट कम

पठाओ ट्याक्सीको दोस्रो एनिभर्सरी, आज सित्तैमा ट्याक्सी बुक गर्न सकिने

कोर्पोरट आवाज डट कम

किन्निहो डटकम इ–कमर्श अनलाइनकाे सुभारम्भ

कोर्पोरट आवाज डट कम