
काठमाडौ,२ असार । दैनिक प्रयोग हुने सम्पूर्ण सामानहरू भरपर्दो र विश्वासिलो माध्यमबाट एकै ठाउबाट उपलब्ध गराउने उद्देश्यले नयाँ इकमर्श वेवसाइट किन्निहो डटकम सुरु भएको छ ।कोरोना महामारीबीच बढ्दै गएको इ–कमर्श व्यवसायमा सबै किसिमका ग्राहकहरुलाई सहज सेवा प्रदान गर्ने उद्देश्यले बुधबारदेखि नयाँ इकमर्श वेवसाइट सुरु गरेको कम्पनीले जनाएको छ ।
कम्पनीले आफ्नो वेवसाइटबाट सबै प्रकारका ल्यापटप, मोबाइल लगायतका इलेक्ट्रोनिक्स, स्टेशनरी र अफिस सप्लाई, सौन्दर्य, खेल तथा मनोरंजन सम्बन्धी सामग्रीहरु उपलब्ध गराउनेछ भने आफ्नै मार्ट पनि सुचारु गरेको जनाएकाे छ ।
कीन्निहोले ग्राहक सेवालाई मध्यनजर गर्दै सबै किसिमका सामानहरु सुपथ मूल्यमा उपलब्ध गराउनुका साथै सुचारु भएको एक महिनासम्म फ्री डेलिभरी सेवा पनि प्रदान गर्ने कम्पनीका सिईओ नरेश पोखरेलले बताएका छन । नयाँ वेवसाइटमा सबै किसिमका पेमेन्ट गेटवेहरुबाट अनलाईन पेमेन्ट गर्न सकिने र विदेशमा समेत डेलिभरी दिइने उनले बताए।
कम्पनीले विगत एक दशकदेखि न्यू मुक्तिनाथ ट्रेडर्स एण्ड सप्लायर्सको नामबाट थोक तथा खुद्रा ब्यवसायको रुपमा कागज तथा पब्लिकेशनका लागि चाहिने सम्पूर्ण सामान विक्रि वितरण गर्नुका साथै घरायसी सामान, किचनवेयर, ईलोक्ट्रोनिक सामान तथा अन्य वस्तु तथा सेवा उपलब्ध गराउदै आएको थियो ।


