२२ चैत्र २०८२, आईतवार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
राजनीति समाचार

ओली भन्छन् : एमाले फुटेको होइन, नुहाउँदा एक-दुईवटा कपाल खसेजस्तै हो

banner

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा उत्पन्न भएको विभाजनलाई ‘नुहाउँदा टाउकोबाट एक–दुईवटा कपाल खस्नु’जस्तै भएको बताएका छन् । पार्टी विभाजन गर्नेहरुलाई उनले कुलंघार संज्ञा पनि दिए ।

युवासंघको भेलालाई सम्वोधन गर्दै ओलीले पार्टी फुटेको भन्न नमिल्ने बताए । ‘पार्टी पुटेको होइन, केही मान्छे पतित भएका हुन्,’ उनले भने, ‘अलिकति चोइटिएको भन्न सकिएला । फुट्याभए यस्तो हुन्थ्यो ?’

ओलीले थपे, ‘नुहाउँदाखेरि एक-दुईवटा कपाल झर्छ । जति दामी र ब्रान्डेड साबुन लगाए पनि कपाल त झर्छ नै । तर एक–दुईवटा कपाल झर्दैमा कपाल मुडुलो हुँदैन ।’

एमाले छोडेर नयाँ पार्टी बनाएका माधव नेपालले नचाहिँदो दम्भ देखाएको ओलीले टिप्पणी गरे ।

ad

यो पनि पढौँ

भक्तपुरको १७ तले भवनमा खाद्यान्न भण्डारण गरिने

कोर्पोरट आवाज डट कम

राजु खड्का र सन्दीप लामिछाने एउटै टिममा, पवन अग्रवाल वैकल्पिक !

कोर्पोरट आवाज डट कम

निषेधाज्ञा खुकुलो भएकै दिन उपत्यकामा कोभिड संक्रमण बढ्यो

कोर्पोरट आवाज डट कम