४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
खेलकुद समाचार

एसियन कप छनोट : बहराइनसँग बंगलादेशको हार 

banner

एएफसी एसियन कप २०२३ अन्तर्गत तेस्रो चरणको छनोटमा बंगलादेश पराजित भएको छ।

समूह ‘ई’ अन्तर्गत बुधबार भएको खेलमा बंगलादेशलाई बहराइनले २-० गोलले पराजित गर्‍यो।

मलेसियामा जारी समूहका खेलमा बहराइका लागि अली अब्दुल्लाह हसनले ३४ र अल अस्वादले ४२ मिनेटमा गोल गरेका थिए। 

छिमेकी देश भारत रहेको समूह ‘डी’ का खेल कोकलतामा हुँदैछन्। भारतले आफ्नो पहिलो खेलमा आज कम्बोडियासँग खेल्दैछ। 

साफ च्याम्पियनसिप खेल्ने बाँकी देशहरू श्रीलंका र माल्दिभ्स समूह ‘सी’ मा छन्। उज्वेकिस्तानमा हुने यो समूहका खेलमा आज माल्दिभ्सले थाइल्यान्ड र श्रीलंकाले उज्वेकिस्तानसँग खेल्दैछन्। 

नेपाल भने समूह ‘ए’ मा छ। नेपालले आज राति कुवेतमा हुने खेलमा जोर्डनसँग खेल्नेछ।

ad

यो पनि पढौँ

चाँडै आईफोन १६ डिस्प्ले प्यानलको उत्पादन सुरु गर्दै एप्पल

Corporate Aawaj

कौसी खेती गर्ने हो? ललितपुरले दिन्छ बीउ र मल सित्तैमा

कोर्पोरट आवाज डट कम

पहिलो औपचारिक कार्यक्रममा अर्थमन्त्री शर्माः पुँजी बजारमा समस्या छन्

कोर्पोरट आवाज डट कम