७ असार २०८१, बिहीबार / June 20, 2024
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
समाचार स्वास्थ्य

मधेश स्वास्थ्य प्रतिष्ठानमा १ अर्ब २७ करोडको खरिदमा सेटिङ, भवन बनाउनेलाई उपकरण ल्याउने जिम्मा

banner

काठमाडौं- मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले भवन निर्माणको ठेक्काका नाममा उपकरण खरिदको सेटिङ गरेको तथ्य फेला परेको छ। प्रतिष्ठानले भवन र उपकरणका लागि १ अर्ब २७ करोडको ठेक्कामा व्यापारीसँगको सेटिङ गरेको तथ्य फेला परेको हो।

भवन निर्माणको कामलाई देखाएर कुल ठेक्काको ९० प्रतिशतभन्दा बढी रकमको उपकरणमा सेटिङ गरेको विवरण स्वास्थ्यखबरले फेला पारेको छ। प्रतिष्ठानले सुरुङ, हाइड्रोपावर, विमानस्थल जस्ता ठूला पूर्वाधार निर्माणका लागि ल्याइएको ईपीसी निर्देशिकालाई टेकेर उपकरण खरिदको खेल अगाडि बढाएको हो। 

ईपीसी भन्नाले निर्माण सम्बन्धी आयोजनाको डिजाईन सहित ईन्जिनियरिङ, खरिद तथा निर्माण चरणका कार्यहरु तथा आवश्यकता अनुसार निर्धारित अवधिका लागि गर्नुपर्ने मर्मत सम्भार र सञ्चालन समेत निर्माण व्यवसायीबाट गराउने माध्यम हो। निर्देशिकामा प्रष्ट रुपमा निर्माण व्यवसायीबाट हुने ठूला आयोजनाका कुरा उल्लेख छ।

ईपीसी निर्देशिकामा अस्पताल तथा स्वास्थ्य प्रतिष्ठानको भवन र उपकरण खरिद गर्न पाउने व्यवस्था छैन।सार्वजनिक निकायले ठूला र जटिल प्राविधिक क्षमता आवश्यक पर्ने आयोजना ईपीसी माध्यमबाट खरिद गर्न सकिने व्यवस्था छ।

हेरौं निर्देशिकामा भएको व्यवस्था:

तर प्रतिष्ठानले सोही निर्देशिकालाई भवन निर्माणको ठेक्का देखाएर उपकरणमा कमिसनको सेटिङ गरेको विवरण स्वास्थ्यखबरले प्राप्त गरेको छ। प्रतिष्ठानले १ अर्ब २७ करोडको ठेक्कामा दुई वटा भवन करिब १५ करोडमा निर्माण गर्ने र बाँकी रकमको उपकरण भित्र्याउने चलखेल गरेको स्वास्थ्यखबरलाई प्राप्त विवरणमा देखिएको छ। 

प्रतिष्ठानले कार्डियोलोजी र अंकोलोजीका लागि भवन निर्माण गर्ने र त्यसमा आवश्यक पर्ने महंगा उपकरण पनि भवनको ठेक्का पाउनेलेनै ल्याउने गरी खरिद प्रक्रिया अगाडि बढाएको हो। भवन बनाउनेले नै सबै उपकरण लगायतका आवश्यक सामग्री ल्याउन सक्ने व्यवस्था ईपीसी निर्देशिकमा रहेकाले सोही अनुसार प्रक्रिया अगाडि बढाइएको प्रतिष्ठानका रजिष्ट्रार डा विनोद कुमार यादवले स्वीकार गरे।

‘ईपीसीको नयाँ कानुन अनुसार जाने भनेर प्रक्रिया अगाडि बढाएका हौं’, उनले भने, ‘यो नयाँ कानून अनुसार काम अगाडि बढाएपछि केही गुनासाहरु आएका छन्। यो विषयमा हामीले सार्वजनिक खरिद अनुगमन कार्यालयसँग पनि सुझाव मागेर अगाडि बढ्छौं।’ उनले खरिद अनुगमनको कार्यालयले मिल्दैन भनेमा प्रक्रिया रद्द हुने जानकारी दिए।

सार्वजनिक खरिद अनुगमन कार्यालयका एक कर्मचारीका अनुसार प्रतिष्ठानका कर्मचारीले मौखिक रुपमा उक्त विषयमा जानकारी लिएको तर लिखित रुपमा कुनै पत्र वा सुझाव माग नगरिएको जानकारी दिए। ‘मौखिक रुपमा उक्त विषयमा जानकारी लिएका थिए। सोमबार कागजपत्रसहित लिखित रुपमा आउनु भनेर पठाइएको थियो। तर उहाँहरु आउनु भएको छैन’, ती कर्मचारीले भने।

स्रोतका अनुसार भवन निर्माण गर्ने कम्पनीसँग उपकरण खरिदको सेटिङ मिलाउने काम विशाल पण्डितले गरेका हुन्। ‘विशाल पण्डितकै योजनामा १२ देखि १५ करोडको लागतमा हुने भवन निर्माणको कामलाई देखाएर एक अर्बभन्दा बढीको उपकरण खरिदमा सेटिङ गरिएको छ,’ स्रोतले भन्यो, ‘यो खेलमा २० करोडको कमिसनमा डिल भएको छ।’ 

स्वास्थ्यखबरलाई प्राप्त विवरण अनुसार प्रतिष्ठानले उपकरणका लागि राखेको स्पेसिफिकेसनमा पनि अधिकांस उपकरण पण्डितले नै नेपालमा भित्र्याउने कम्पनीसँग मिल्ने छन्। ‘क्यान्सर र मुटु रोगको उपचारका लागि आवश्यक  पर्ने अधिकांस उपकरणहरु पण्डितकै कम्पनीसँग मिल्ने गरी स्पेसिफिकेसन मिलेको छ,’  स्रोतले भन्यो, ‘अब टेण्डरमा उहाँकै योजना अनुसार भवन निर्माण गर्ने कुनै कम्पनीसँग मिलेर जोइन्ट भेन्चर वा त्यही कम्पनीले यी सबै कुरा ल्याउँछु भनेर टेण्डर हाल्नेछन्।’

प्रतिष्ठानको उक्त खरिदको टेण्डरको समय मंगलबारसम्म छ। 

यी हुन् भवनलाई देखाएर खरिद गर्न लागिएका केही उपकरणहरु

ad

यो पनि पढौँ

साताको शेयर बजारः ४१ अर्ब ६३ करोडको कारोबार

कोर्पोरट आवाज डट कम

खरिपाटी क्वारेन्टाइनमा रहेका ९४ जनाको कोरोनाको नुमना परीक्षण नेगेटिभ

कोर्पोरट आवाज डट कम

विश्व बैंकले नेपाललाई थप १२ अर्ब ऋण दिने

कोर्पोरट आवाज डट कम