२२ चैत्र २०८२, आईतवार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग समाचार

नेपाली सेनाले रद्द गर्‍यो स्वास्थ्य सामग्री खरिद गर्ने टेण्डर प्रक्रिया

banner

काठमाडौँ । कोरोना रोकथामका लागि स्वास्थ्य सामग्री तथा उपकरणहरू खरिद गर्ने प्रक्रिया नेपाली सेनाले रद्द गरेको छ । सरकारले आवश्यक पर्ने स्वास्थ्य सामग्री जिटुजीमार्फत ल्याउने भएपछि सेनाले खरिद प्रक्रिया रद्द गरेको हो । 
सरकारबाट प्राप्त १० करोड र सेना आफैंले ७ करोड गरी १७ करोड रुपैयाँको स्वास्थ्य सामग्री खरिद गर्ने सेनाको तयारी थियो । सेनाले स्वास्थ्य उपकरण तथा सामग्री ल्याउनका लागि टेण्डर आह्वान गरेको थियो । 
सरकारबाट प्राप्त १० करोडमा आजैदेखि २० बेडको आइसीयूको काम भइरहेको छ भने ७ करोडको टेन्डर प्रक्रिया रद्ध भएको नेपाली सेनाका सहायक रथी तथा प्रवक्ता विज्ञानदेव पाण्डेले बताए । 
प्रवक्ता पाण्डेका अनुसार ७ करोड रुपैयाँको स्वास्थ्य सामग्री खरिद गर्ने टेण्डर रद्द भएको हो । उनले भने, ‘सरकारले जिटुजी प्रक्रियामार्फत सामग्री किन्ने निर्णय गरेकाले सेनाले पनि अब जिटुजीमार्फत सामग्री खरिद गर्छ ।’

ad

यो पनि पढौँ

लकडाउन चैत २५ सम्म लम्ब्याउने मन्त्रिपरिषद्को निर्णय

कोर्पोरट आवाज डट कम

टाट पल्टियो आयल निगम, तेल किनेको पैसा तिर्न टेकुको जग्गा धितो राख्दै

कोर्पोरट आवाज डट कम

चीनले बनाएको अर्को भ्याक्सिनलाई पनि डब्लुएचओले दियो अनुमति

कोर्पोरट आवाज डट कम