४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
राजनीति

नेपालका लागि नयाँ भारतीय राजदूत काठमाडौं आइपुगे

banner

काठमाडौं । नेपालका लागि नयाँ भारतीय राजदूत नवीन श्रीवास्तव काठमाडौं आइपुगेका छन् । शनिबार काठमाडौं आएका उनले ओहोदाको प्रमाणपत्र राष्ट्रपति विद्या भण्डारीलाई बुझाएपछि मात्रै काम सुरु गर्नेछन् । 

भारतीय विदेश सेवामा रहेका श्रीवास्तव चीनको संघाइमा महावाणिज्यदूत र कम्बोडियाका लागि राजदूत भइसकेका व्यक्ति हुन् । उनलाई चीन मामिलाका जानकारको रुपमा हेरिन्छ । उनी नियुक्ति भएको केही महिनापछि मात्रै काठमाडौं आएका हुन् । 

यसअघि नेपालका लागि विनयमोहन क्वात्रा राजदूत थिए । उनी अहिले भारतीय विदेश सचिव छन् । क्वात्राको विदाई कार्यक्रममा बहालवाला प्रधानमन्त्रीदेखि प्रधानमन्त्री भइसकेका नेताहरुसमेत पुगेपछि निकै आलोचना भएको थियो । 

ad

यो पनि पढौँ

महेश बस्नेत भन्छन्– अपहरणको आरोप लगाउनेविरुद्ध कानुनी कारबाहीमा जान्छौँ

कोर्पोरट आवाज डट कम

प्रदेशसभाको ‘अनियमितता’बारे अख्तियारले थाल्यो अनुसन्धान

कोर्पोरट आवाज डट कम

लकडाउन एक साता लम्ब्याउन सिफारिस

कोर्पोरट आवाज डट कम