५ आश्विन २०८०, शुक्रबार / September 22, 2023
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
खेलकुद

शनिबार नेपाल स्टार्टअफ फेस्टः ५० करोडको लगानी प्रतिबद्धता गरिने

banner

काठमाडौँ । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले यही असार ११ ते शनिबार नेपाल स्टार्टअफ फेस्ट २०२२ आयोजना गर्ने भएको छ । 

राष्ट्रिय योजना आयोग, युवा तथा साना व्यवसाय स्वरोजगार कोष, नेपालस्थित भारतीय राजदूतावासको समेत सहयोगमा स्टार्टअफ फेस्ट आयोजना गर्न लागिएको हो ।

नेपालमा स्टार्टअपलाई अभियानका रूपमा अघि बढाउने र नवप्रवर्तनकारी व्यवसायलाई अर्थतन्त्रको महत्वपूर्ण अङ्गका रूपमा स्थापित गराउन नवप्रवर्तनकारीलाई प्रोत्साहन गर्ने उद्देश्यले यो कार्यक्रम गर्न लागिएको हो । 

स्टार्टअपलाई अघि बढाउन सरकारले विभिन्न नीतिगत व्यवस्था गर्दै आएको र त्यसको सफल कार्यान्वयनका लागि मञ्चले रचनात्मक भूमिका निर्वाह गर्दै आइरहेको जनाएको छ । व्यवसायका स्वरूप परिवर्तन भइरहेको र नयाँ क्षेत्रमा काम गर्ने सम्भावना देशमा रहेको हुँदा त्यसलाई प्रोत्साहन गर्ने अभियानको लक्ष्य रहेको छ ।

स्टार्टअपले लगानीका लागि परियोजनासहित प्रस्ताव पेस गरेका छन् । देशभरबाट ३०० बढी परियोजना प्रस्ताव आएको र तीमध्ये नेपाल उद्योग परिसंघ, युवा उद्यमी मञ्च, लगानीकर्ताको टिमबाट छानिएका १० वटा प्रस्तावलाई प्रस्तुति गर्ने अवसर दिइनेछ । पूँजी लगानीको अवसर पनि प्रदान गरिने नेपाल उद्योग परिसंघ स्टार्टअप अभियान समिति आयुसी केसीले बताए ।

यो कार्यक्रबाट स्टार्टअपलाई पूँजी तथा प्राविधिक सहयोग प्रदान गरिनेछ भने लगानीकर्तालाई उत्कृष्ट परियोजनामा लगानी गर्ने अवसर दिइएको छ । युवा उद्यमीलाई प्रोत्साहन गर्न परिसङ्घले युवा उद्यमी मञ्चमार्फत युवालाई थप प्रोत्साहन गर्न स्टार्टअप आयोजना गर्न लागेको परिसंघका उपाध्यक्ष रोहित गुप्ताले बताए । यो कार्यक्रममार्फत करिब रु ५० करोड रुपियाँ बराबरको लगानी प्रतिबद्धता गरिने जनाइएको छ ।

ad

यो पनि पढौँ

२३ वर्ष क्रिकेट खेलेपछि भारतकी कप्तान मिताली राजले गरिन् संन्यासको घोषणा

कोर्पोरट आवाज डट कम

उसु खेलाडी नीमा र दीपकले वर्ल्ड गेम्समा प्रतिस्पर्धा गर्ने

कोर्पोरट आवाज डट कम

गम्भीरद्वारा दुई वर्षको तलब दिने घोषणा

कोर्पोरट आवाज डट कम