५ आश्विन २०८०, शुक्रबार / September 22, 2023
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
समाचार सेयर

अन्य कम्पनीको तुलनामा नेपाल लाइफको बिजनेस दोब्बर, सक्रिय बीमालेखमा रिलायबलले टप्यो

banner

काठमाडौं । जीवन बीमा कम्पनीहरुले गत जेठ मसान्तसम्ममा १ खर्ब १९ अर्ब ४७ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । बीमा समितिको तथ्यांक अनुसार सञ्चालित १९ कम्पनीहरुले चालु आर्थिक वर्षको ११ महिना (साउनदेखि जेठ) सम्ममा सो मात्राको प्रिमियम संकलन गरेका हुन् ।

र, उक्त रकम गत दुई महिना अर्थात चैत महिनाको तुलनामा भने १६.५१ प्रतिशतले बढी हो । गत चैत मसान्तमा जीवन बीमा कम्पनीहरुले कूल १ खर्ब २ अर्ब ५४ करोड रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका थिए ।

जेठसम्ममा सबैभन्दा बढी प्रिमियम संकलन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स नै अग्रस्थानमा रहेको छ । समीक्षा अवधिमा इन्स्योरेन्सले ३० अर्ब रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको छ । जसको सक्रिय बीमालेखको संख्या भने ८ लाख ६१ हजार ४८७ वटा रहेका छन् ।

त्यस्तै, १० अर्बभन्दा बढी बीमाशुल्क संकलन गर्नेमा अन्य दुई कम्पनी रहेका छन् । लाइफ इन्स्योरेन्स कर्पोरेसनले १४ अर्ब ७९ करोड र नेशनल लाइफ इन्स्योरेन्सले १२ अर्ब ७ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका छन् । र, सर्वाधिक बीमाशुल्क आर्जन गर्नेको सूचीमा क्रमशः दोश्रो र तेश्रोमा छन् ।

त्यस्तै, सरकारी स्वामित्व रहेको राष्ट्रिय बीमा संस्थाले ११ महिनामा ७ अर्ब ४९ करोड रुपैयाँ बराबरको प्रिमियम उठाएको छ ।

समीक्षा अवधिमा सबै कम्पनीहरु अर्बभन्दा बढीको बिजनेस गर्न सफल भएका छन् । जसमध्ये अधिकांश कम्पनीले ४ देखि ५ अर्बसम्मको बिजनेस गरेका नियामक निकाय बीमा समितिले जानकारी गराएको छ ।

कुनको कति ?

समितिका अनुसार सबैभन्दा कम बीमाशुल्क आर्जन गर्नेमा महालक्ष्मी लाइफ इन्स्योरेन्स छ । समीक्षा अवधिमा महालक्ष्मीले १ अर्ब २८ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ । जसको सक्रिय बीमालेखको संख्या भने ३२ हजार ४७३ वटा रहेका छन् । सो संख्या पनि अन्य कम्पनीको तुलनामा थोरै नै हो ।

संक्रिय बीमालेखको आधारमा भने रिलायबल नेपाल लाइफ अगाडि देखिन्छ । ११ महिनाको अवधिमा रिलायबल नेपालको सक्रिय बीमालेखको संख्या ३६ लाख ४९ हजार २७९ वटा पुगेको छ । बीमालेखको आधारमा रिलायबलको निकट प्रतिस्पर्धीमा नेशनल लाइफ इन्स्योरेन्स छ । जसको सक्रिय बीमालेखको संख्या भने १४ लाख ४२ हजार ५५२ वटा रहेको छ ।

ad

यो पनि पढौँ

राष्ट्रपतिभन्दा राजा राम्रो भन्नु आपत्तिजनक : प्रधानमन्त्री ओली

कोर्पोरट आवाज डट कम

कोरोनाविरुद्ध लड्न यस्तो छ सरकारको तीन सूत्रीय नीति

कोर्पोरट आवाज डट कम

तेस्रो नेपाल ई-स्पोर्टस् च्याम्पियनसिप असार २३ देखि

dipesh wyanju