२१ चैत्र २०८२, शनिबार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
अर्थ प्रेस विज्ञप्ति

नबिल बैंकका नवनियुक्त सीईओ ढुङ्गानाले सम्हाले पदभार, कम्पनी थप उचाईमा पुग्ने

banner

काठमाडौं । नबिल बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले कार्यभार सम्हालेका छन् । असार १६ गते बैंकको सीईओमा नियुक्त भएका ढुङ्गानाले असार १७ गते शुक्रबारदेखि आफ्नो कार्यभार सम्हालेका हुन् ।

बैंकिङ्ग क्षेत्रको व्यवस्थापन तह तथा नेतृत्वदायी भूमिकामा रही २५ वर्षभन्दा बढी लामो अनुभव संगालेका ढुङ्गानाले यसभन्दा अगाडि नेपाल बङ्गलादेश बैंकको प्रमुख कार्यकारी अधिकृतका रूपमा १० वर्षसम्म नेतृत्व गरेका थिए । यसबाहेक उनले नेपाल क्रेडिट एन्ड कमर्स बैंकको महाप्रबन्धक तथा नेपाल राष्ट्र बैंकको निर्देशक पदमा समेत रही काम गरेका थिए ।

भारतबाट चार्टर्ड एकाउन्टेन्सी (सीए) र अस्ट्रेलियाबाट सर्टिफिकेट पब्लिक एकाउन्टेन्ट (सीपीए) तथा वित्तिय विष्लेषणमा स्नातकोत्तरको अध्ययन पूरा गरेका ढुङ्गाना सन् २०१३ मा नेपाल व्यवस्थापन संघद्वारा म्यानेजर टु वाच् र सन् २०१५ मा म्यानेजर अफ दी एयर विधामा पुरस्कृत भएका थिए । कार्यकारी अधिकृत ढुङ्गाना सन् २०१८ मा नेपाल बैंकर्स एसोसिएसनको अध्यक्षमा चयन भएका थिए ।

साथै, उनको कुशल र सक्षम नेतृत्वमा आगामी दिनमा समेत नबिलको विभिन्न वित्तीय सूचकाङ्कहरूमा अग्रणी स्थान हासिल गर्दै थप उचाई प्राप्त गर्ने कम्पनीको विश्वास छ ।

ad

यो पनि पढौँ

३९ मिनेट मै शेयर बजारमा नेगेटिभ सर्किट, सबै कम्पनीको शेयर मूल्य घट्यो

कोर्पोरट आवाज डट कम

सार्वजनिक यातायात संचालन गर्न सरकार सकारात्मक, भोलिसम्म निर्णय आउने

कोर्पोरट आवाज डट कम

आइएमई लाइफले बोर्डसँग माग्यो ६० करोड आइपीओ निष्काशनकाे अनुमति

कोर्पोरट आवाज डट कम