२२ चैत्र २०८२, आईतवार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
अर्थ समाचार

सहुलियतदर लागू गर्दा साढे ७ करोडको खाद्यान्न बिक्री

banner

सरकारले निषेधाज्ञाको बेला २० प्रतिशत छुट दिए पछि साढे ७ करोड भन्दा बढी रुपैयाँको खाद्यान्न बिक्री भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट्र ट्रेडिङ कर्पोरेसनबाट ७ करोड ५९ लाख ८ हजार ५३४ रुपैयाँ बराबरको खाद्यान्न बिक्री भएको हो । जेठ २१ देखि दुई कम्पनीले २० प्रतिशत छुट दिएर खाद्यान्न बिक्री गरेका थिए । 

कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले असार ४ सम्म देशभरको र असार ६ सम्म प्रादेशिक कार्यालय काठमाडौंमा ६ करोड ९१ लाख ३४ हजार २४६ रुपैयाँ बराबरको १२ हजार ४८८ क्विन्टल खाद्यान्न बिक्री गरेको जानकारी दिइन् । 

सो खाद्यान्नमा एक करोड ३८ लाख२६ हजार ८४९ रुपैयाँ छुट दिएको बत्ताइन् ।  छुट दिएपछि सामान खरिद गर्ने ग्राहकको भीडभाड लाग्ने गरेको उनको भनाइ छ । कम्पनीले प्रतिपरिवार ३० केजीको एक बोरा चामल र २ केजी सिमीमा छुट दिएको छ ।  

कम्पनीले चामल र जुम्लाको सिमी बढी बिक्री गरेको जानकारी दिएको छ । जसबाट ४१ हजार १७४ घरपरिवार लाभान्वित भएका छन् । अझै पनि खाद्यान्नको माग अनुसार कोटा बढाउन कम्पनी लागेको सुवेदीले बताइन् ।

अहिले कम्पनीसँग २ लाख ५० हजार २ सय ५८ क्विन्टल खाद्यान्न मौज्दात छ । जसमा एक लाख ८ हजार ७ सय ९ ९क्विन्टल चामल, १ लाख २९ हजार ९ सय ६६ क्विन्टल धान र ११ हजार ४ सय ९२ क्विन्टल गहुँ मौज्दात छ ।

यस्तै, साल्ट्र ट्रेडिङ कर्पोरेसनले ६७ लाख ७४ हजार २ सय ८८ हजार रुपैयाँ बराबरको खाद्यान्न बिक्री गरेको छ । कर्पोरेसनले असार ६ गतेसम्म २३ हजार ६ सय ४५ केजी नुन बिक्री गरेको छ । 

यस्तै २७ हजार ९ सय ९० केजी चिनी बिक्री गरेको छ ।  १३ हजार २ सय २८ केजी पिठो बिक्री गरेको छ भने ११ हजार ९ सय ६६ लिटर भटमासको तेल र १ हजार ६ सय ६ सिलिन्डर बिक्री गरेको कर्पोरेसनले जानकारी दिएको छ । 

खाद्यान्न खरिद गर्दा २० प्रतिशत छुट दिए पनि सवारी साधन नचलेकाले उपभोक्तालाई खरिद गर्न बिक्री केन्द्रमा पुग्न समस्या परेको छ । त्यस्तै निषेधाज्ञा अवधिमा कर्पोरेटले मोबाइल भ्यानबाट ९८ लाख ३७हजार ७६० रुपैयाँ बराबरको खाद्य सामग्री बिक्री गरेको छ ।

यस्तै कर्पोरेसनले पाँच जनाको परिवारलाई एक महिनामा २ केजीको पिठो, २ केजी चिनी, २ केजी नुन, १ लिटरको भटमासको खाने तेल र एक सिलिन्डर ग्यास सहुलियदरमा उपलब्ध गराउने निर्णय भएको कर्पोरेसनका नायब महाप्रबन्धक कुमार राजभण्डारीले जानकारी दिए ।

उपभोक्ताले २० प्रतिशत छुट बापत पिठो प्रतिकेजी ४४, चिनी प्रति केजी ६३, नुन प्रति केजी १६, भटमासको तेल प्रतिलिटर १८८ र खाना पकाउने एसटीसी ग्यास ११ सय २० रुपैयाँमा बिक्री गरिएको छ । उपभोक्तालाई दिएको छुट बापतको रकममध्ये २० प्रतिशत कम्पनीले ८० सरकारले बेहोर्ने छ ।

ad

यो पनि पढौँ

शेयर बजारमा शुधार, दोहोरो अंकले बढ्यो नेप्से

कोर्पोरट आवाज डट कम

दुई साताभित्र रोजगारीका लागि इजरायल जान आवेदन खुल्दै, को जान पाउँछन् ?

कोर्पोरट आवाज डट कम

राजधानीमा थप कडाइ, दुई घण्टामा दुई हजार समातिए

कोर्पोरट आवाज डट कम