५ आश्विन २०८०, शुक्रबार / September 22, 2023
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग समाचार

भाइरल भयो एमाले सांसदको बेड सिन

banner

दाङ – नेकपा एमाले कर्णाली प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहको बेडसिन भाइरल भएको छ । पार्टीकै एक जिल्ला नेतृसँगको अन्तरंग सम्बन्ध झल्किने बेडसिन भाइरल भएको हो ।

उक्त बेडसिनको भिडियो प्रायको हातमा पुगेको छ । यो भिडियो टिकटकमार्फत सार्वजनिक भएको हो । एमाले सल्यानकी जिल्ला कमिटी सदस्य टिका वलीको टिकटक अकाउन्ट Tikaoli35 बाट यो भिडिओ अपलोड भएको थियो ।

सम्भवतः असावधानीवस पोष्ट गरेको भिडिओ वलीले केहीबेरमै हटाइन् । तर, यसलाई डाउनलोड गरेर विभिन्न व्यक्तिका म्यासेञ्जर र ग्रुप च्याटमा पठाउने काम भइरहेको छ ।

यस भिडओमा ‘मायाजाल बुन्छु म’ बोलको गीतमा ओली र शाहले अभिनय गरेका छन् । उनीहरू एउटै ओछ्यानमा गाला जोडेर सुतेको देखिन्छ । वलीले गुलाबजंगको गाला पनि सुम्सुम्याएकी छन् । स्मरणीय छ कि उनीहरू दुवै विवाहित हुन् ।

शाह सल्यान प्रदेश सभा ‘क’ बाट निर्वाचित भएका थिए । शाह एमालेको कर्णाली प्रदेश सहइन्चार्ज समेत हुन् । शाहले उक्त भिडिओ ‘फेक’ भएको दाबी गरे । वलीले भने उक्त भिडिओको बारेमा केही थाहा नभएको बताइन् ।

गुलाबजंगको पारिवारिक पृष्ठभूमि पनि सङ्लो छैन । उनले बहुविवाह गरेका थिए । पहिलो श्रीमतीसँग सम्बन्धविच्छेद नगरिकन कान्छी भित्र्याएको निकटस्थ बताउँछन् । श्रीमानले कान्छी ल्याएपछि जेठी श्रीमती पनि गुलाबज‌गको दाइ नाता पर्नेसित हिँडेकी थिइन् ।

गुलाबजंगका जेठीबाट दुई छोरी र कान्छीबाट एक छोरा छन् । उनका छोरीहरूको बिहे भइसकेको छ भने छोरा एमबीबीएस पढ्दैछन् । उनका बुबा पूर्वपञ्च हुन् ।

ad

यो पनि पढौँ

विवादित स्वास्थ्य राज्यमन्त्री वलीको राजीनामा स्वीकृत

dipesh wyanju

लकडाउनले रोकेन बिजुलीको तार बिछ्याउने काम

कोर्पोरट आवाज डट कम

४० माइक्रोनभन्दा बढीका प्लास्टिकका झोलामा प्रतिबन्ध

कोर्पोरट आवाज डट कम