४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग समाचार

भाइरल भयो एमाले सांसदको बेड सिन

banner

दाङ – नेकपा एमाले कर्णाली प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहको बेडसिन भाइरल भएको छ । पार्टीकै एक जिल्ला नेतृसँगको अन्तरंग सम्बन्ध झल्किने बेडसिन भाइरल भएको हो ।

उक्त बेडसिनको भिडियो प्रायको हातमा पुगेको छ । यो भिडियो टिकटकमार्फत सार्वजनिक भएको हो । एमाले सल्यानकी जिल्ला कमिटी सदस्य टिका वलीको टिकटक अकाउन्ट Tikaoli35 बाट यो भिडिओ अपलोड भएको थियो ।

सम्भवतः असावधानीवस पोष्ट गरेको भिडिओ वलीले केहीबेरमै हटाइन् । तर, यसलाई डाउनलोड गरेर विभिन्न व्यक्तिका म्यासेञ्जर र ग्रुप च्याटमा पठाउने काम भइरहेको छ ।

यस भिडओमा ‘मायाजाल बुन्छु म’ बोलको गीतमा ओली र शाहले अभिनय गरेका छन् । उनीहरू एउटै ओछ्यानमा गाला जोडेर सुतेको देखिन्छ । वलीले गुलाबजंगको गाला पनि सुम्सुम्याएकी छन् । स्मरणीय छ कि उनीहरू दुवै विवाहित हुन् ।

शाह सल्यान प्रदेश सभा ‘क’ बाट निर्वाचित भएका थिए । शाह एमालेको कर्णाली प्रदेश सहइन्चार्ज समेत हुन् । शाहले उक्त भिडिओ ‘फेक’ भएको दाबी गरे । वलीले भने उक्त भिडिओको बारेमा केही थाहा नभएको बताइन् ।

गुलाबजंगको पारिवारिक पृष्ठभूमि पनि सङ्लो छैन । उनले बहुविवाह गरेका थिए । पहिलो श्रीमतीसँग सम्बन्धविच्छेद नगरिकन कान्छी भित्र्याएको निकटस्थ बताउँछन् । श्रीमानले कान्छी ल्याएपछि जेठी श्रीमती पनि गुलाबज‌गको दाइ नाता पर्नेसित हिँडेकी थिइन् ।

गुलाबजंगका जेठीबाट दुई छोरी र कान्छीबाट एक छोरा छन् । उनका छोरीहरूको बिहे भइसकेको छ भने छोरा एमबीबीएस पढ्दैछन् । उनका बुबा पूर्वपञ्च हुन् ।

ad

यो पनि पढौँ

असारे विकासः एकै दिन १२ अर्ब निकासा

कोर्पोरट आवाज डट कम

‘मौद्रिक नीति शुक्रबार आउँछ, अर्थमन्त्रालयले रोक्यो भन्ने हल्ला गलत’

कोर्पोरट आवाज डट कम

सबै किसिमका पसल सातै दिन खुल्ने, होटेल रेष्टुरेन्टलाई भने ‘टेक अवे’ र ‘होम डेलिभरी’ सुविधा मात्र

कोर्पोरट आवाज डट कम