
नेपाली मूलका युवा दिवेश पोखरेल अमेरिकन आइडलको टप २० मा पुगेका छन् ।
प्रसिद्ध पप गायक बब मार्ली को ‘इज दिस लभ’ बोलको गीत प्रस्तुत गरेका उनले दर्शकहरुको प्रत्यक्ष साथ पाइरहेका थिए । अडिसनदेखि नै आफ्नो छुट्टै प्रभाव बनाएका दिवेशले हरेक राउण्मा आफूलाई अब्बल साबित गर्दै आइरहेका छन् ।
‘अर्थर गन’ उपनामले आफूलाई प्रस्तुत गरिरहेका दिवेशले आफू जस्तै युवाहरुलाई आफ्नो लक्ष्य पूरा गर्न अगाडि बढ्नलाई उत्साह दिन चाहेको पनि बताएका छन् । काठमाडौ, नेपालका दिवेशले आफ्नो छुट्टै पहिचान बनाएको निर्णायक ले बताएका छन् ।
‘यु आर प्योर लाइट, योर जब इज टु कम यान्ड अनोइन्ट द वोर्ल्ड विथ योर गिफ्ट’ भन्दै निर्णायक लियोनेल रिची ले लाइभ राउन्डबाट टप २० छनौट गर्न गाह्रो भइरहेको अवस्थामा दिवेशलाई छनौट गर्न कुनै अफ्ट्यारो नपरेको पनि बताएका थिए ।