वीरगञ्जमा तीन वटा भन्सार नाका छन् । वीरगञ्जकै पुरानो भन्सार, एकीकृत भन्सार जाँच चौकी (आईसीपी) र सिर्सिया सुख्खा बन्दरगाह । अत्यावश्यक वस्तुहरु यी तीनवटै भन्सार नाकाबाट नेपाल भित्रिन्छन् ।
लकडाउनपछि पुरानो भन्सार वीरगञ्जबाट सवारी आवागमन लगभग ठप्प जस्तै छ । इन्धन ट्याङ्कर, औषधिजन्य समान र बिरामी बोकेका एम्बुलेन्स मात्रै वीरगञ्जबाट छिटपुट आउँछन् । ट्याङ्करहरुले भारतीय आयल निगमको रक्सौल डिपोबाट पेट्रोलियम पदार्थ भरेर ल्याउँछन् ।