२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
अर्थ ट्रेंडिंग सूचना प्रविधि

भायानेटका १ लाख ७० हजार ग्राहकको विवरण बाहिरियो

banner

इन्टरनेट सेवा दिने कम्पनी भायानेटका एक लाख ७० हजार पाँच सय ग्राहकको व्यक्तिगत विवरण सार्वजनिक भएको छ । ह्याकर समूहले कम्पनीको प्रणालीमा अनाधिकृत रुपमा प्रवेश गरेर ग्राहकको व्यक्तिगत विवरण लिएर सार्वजनिक गरेको हो ।

मंगलबार राति ह्याकर समूहले साइबर हमालामार्फत प्रयोगकर्ताको नामसहित इमेल, फोन नम्बर र ठेगाना सार्वजनिक गरेको हो ।

तथ्यांक चोरी भएको तथ्य एक टि्वटर ह्यान्डलमार्फत सार्वजनिक गरिएको थियो । कहिले र कसरी डाटा चोरी भएको भन्नेबारे कम्पनीले आन्तरिक अनुसन्धान सुरु गरेको इन्टरनेट सेवा प्रदायक संघ (ईस्पान)का एक पदाधिकारीले बताए ।

‘फुडमान्डुका ग्राहकको तथ्यांक यसरी गरी चोरेर सार्वजनिक गरिएको एक महिना नपुग्दै अर्को घटना हुनु दुःखद् छ,’ ती पदाधिकारीले भने,’यसमा प्रहरीले गम्भीर भएर अनुसन्धान गर्नुपर्छ ।’

ad

यो पनि पढौँ

कोभिडविरुद्धको खोप अर्को वर्षको मध्यपछि मात्र बजारमा आउछः विश्व स्वास्थ्य सङ्गठन

कोर्पोरट आवाज डट कम

सेयर बजारको समस्या मिलेर समाधान गरौं

कोर्पोरट आवाज डट कम

क्वारेन्टिनमा आरडीटी टेष्टले कोरोना घरघरमा पुर्‍याउन सक्छ !

कोर्पोरट आवाज डट कम

Leave a Comment