२२ चैत्र २०८२, आईतवार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
अर्थ ट्रेंडिंग समाचार

रातदिन खटिने प्रहरीको तलब काट्दै

banner

कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले रातदिन जनताको सेवामा खटिएका प्रहरीको तलब काटेर कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रणका लागि बनेको कोषमा जम्मा गर्ने भएको छ ।

सरकारको निर्देशनमा प्रहरी प्रधान कार्यालय नक्सालले सिनियर तथा जुनियर प्रहरी अधिकृतको तीनदेखि सात दिनसम्मको तलब कट्टा गर्ने निर्णय गरेको छ ।

कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने गरी नेपाल प्रहरीको आर्थिक प्रशासन महाशाखाले रकम जम्मा गर्न निर्देशन दिएको छ ।

कोरोना रोकथामका लागि लकडाउन कार्यान्वयनमा खटिएका सुरक्षाकर्मीलाई सरकारले अतिरिक्त भत्ताको घोषणा गरेका बेला प्रहरी प्रधान कार्यालयले भने तलब कट्टा गर्ने निर्णय गरेको छ ।

आर्थिक महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाले हस्ताक्षर गरेको पत्रमा प्रहरी सहायक निरीक्षकदेखि प्रहरी महानिरीक्षकसम्मको तलब कोषमा जम्मा गर्नुपर्ने उल्लेख छ ।

जम्मा गरिएको रकमको भौचर प्रतिलिपि प्रहरी प्रधान कार्यालय, महानगरीय प्रहरी आयुक्तको कार्यालय वा प्रदेश प्रहरी कार्यालयमा संकलन गरी आर्थिक महाशाखामा बुझाउन निर्देशन दिइएको छ । पत्रमा वैशाख महिनाको तलबबाट कोषमा रकम जम्मा गर्न भनिएको छ ।

प्रहरी सहायक निरीक्षक (असई) र प्रहरी नायब निरीक्षक (सई) ले तीन दिन, प्रहरी निरीक्षक (इन्स्पेक्टर), प्रहरी नायब उपरीक्षक (डीएसपी) र प्रहरी उपरीक्षक (एसपी) ले ५ दिन, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी), प्रहरी नायब महानिरीक्षक (डीआईजी), प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र प्रहरी महानिरीक्षक (आईजी) ले ७ दिनको तलब कट्टी गरी कोषमा दाखिला गर्नुपर्ने छ ।

निर्देशन अनुसार असईले २ हजार ६ सय ५८, सईले २ हजार ८ सय २० रुपैयाँ कोषमा दाखिला गर्नुपर्नेछ ।

इन्स्पेक्टरले ६ हजार, डीएसपीले ६ हजार ७ सय ३० र एसपीले ७ हजार २ सय ४५ रुपैयाँ जम्मा गर्नुपर्ने भनिएको छ । एसएसपीले ११ हजार ५३, डीआईजीले ११ हजार ९ सय, एआईजीले र आईजीले १४ हजार १ सय ६१ रुपैयाँ तलबबाट कटौती गरेर जम्मा गर्नुपर्ने भएको छ ।

ad

यो पनि पढौँ

वैशाख ३ पछि ‘लकडाउन’को स्थिति : लम्बिएला कि हट्ला ?

कोर्पोरट आवाज डट कम

नेपाली सेनाको नेतृत्वमा सञ्चालित ‘सफा हिमाल अभियान २०२२’ सफलतापूर्वक सम्पन्न

कोर्पोरट आवाज डट कम

४१ करोड बक्यौता रकम उठाउन उखु किसान पुनः काठमाडौंमा, सरकारले बाचा पुरा गरेन

कोर्पोरट आवाज डट कम

Leave a Comment