२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग स्वास्थ्य

बिसिजी खोप लगाएका मुलुकमा कोरोना संक्रमणबाट मृत्युदर १० गुणा कम

banner

बेलायत र अमेरिकी अनुसन्धानकर्ताहरूले बिसिजी (बासिल क्याल्मेट गुएरिन) खोप नलगाउने गरिएका देशमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको दर १० गुणा बढी रहेको तथ्य पत्ता लगाएका छन् । एक सय ७८ देशको तथ्यांक विश्लेषणका आधारमा बेलायत र अमेरिकी अनुसन्धानकर्ताहरूले यो निष्कर्ष निकालेका हुन् । 

क्षयरोगविरुद्ध दिइने यो खोप धेरैजसो देशमा सरकारी मापदण्डभित्र समावेश गर्दै अनिवार्य नै गरिएको छ । ती देशहरूमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको दर बिसिजी खोप नलगाइने देशहरूभन्दा झन्डै १० गुणा कम देखिएको हो ।

९ मार्चदेखि २४ मार्चसम्ममा ती एक सय ७८ देशको तथ्यांक विश्लेषण गरिएको थियो । त्यसका आधारमा अनुसन्धानकर्ताले ‘खोप दिइने देशका प्रति १० लाखमा ३८.४ र नलगाइने देशमा प्रति १० लाखमा तीन सय ५८ जनामा संक्रमण’ भएको देखाएका छन् । 

त्यस्तै, खोप लगाइएको मुलुकमा ‘प्रति १० लाख संक्रमितमा मृत्युदर ४.२८ मात्र र नलगाइएको मुलुकमा मृत्युदर प्रति १० लाखमा ४० पाइएको छ । एक सय ७८ मुलुकमध्ये २१ मुलुकमा बिसिजी खोप दिइएको थिएन भने २६ देशको तथ्यांक भने पूर्ण रूपमा मिल्दो देखिएको छैन । 

अध्ययनकर्तामध्येका एक टेक्ससका प्रोफेसर आशिष कमातले यो निष्कर्षपछि भनेका छन्, ‘हामीले बिसिजीको प्रभावबारे अध्ययन गर्दा कोरोना भाइरसबाट संक्रमितमध्ये मृत्युदरमा झन्डै १० गुणा असर परेको देखिएको छ ।’ मेडिकल साइन्सको क्षेत्रमा महत्वपूर्ण मानिने डा. कमात अन्तर्राष्ट्रिय ब्लाडर क्यान्सर संस्थाका अध्यक्षसमेत हुन् । 
 
केही दिनअघि अस्ट्रेलियामा कोरोना भाइरसविरुद्ध पनि यो खोप प्रभावकारी देखिएको भन्दै चार सयजनामा परीक्षण गरिएको थियो । यद्यपि, कोरोना संक्रमितमध्ये कतिले बच्चा छँदा बिसिजी खोप लगाएका थिए र उनीहरूको अवस्था अहिले कस्तो छ भन्नेबारे चाहिँ कुनै तथ्यांक छैन ।

प्रोफेसर डा. कमातको दाबी के छ भने, विभिन्न जर्नलहरूको अनुसन्धान नतिजा एवं बिसिजी खोपको प्रभावकारितासम्बन्धी परीक्षणले यो खोप इम्युनिटीका लागि सकारात्मक असर पार्ने देखिएको छ । 

भारतले अर्थतन्त्रमा दैनिक चार अर्बभन्दा बढी घाटा व्यहोरिरहेको र इटलीले कोरोना भाइरसको संक्रमणबाट दिनहुँ सयौँ नागरिकको जीवन गुमाइरहेको अवस्थामा बिसिजी खोप लगाएका मानिस कोरोना भाइरसविरुद्ध प्रतिरोधी छन् कि छैनन् ? भन्ने प्रश्न यतिवेला महत्वपूर्ण छ । 

राष्ट्रिय अभियानका रूपमा बिसिजी खोप दिइने गरेका मुलुकमा मृत्युदर अन्य देशको भन्दा कम रहेको अध्ययनको निष्कर्ष छ । यसैका आधारमा बिसिजी खोपले कोरोना भाइरसविरुद्ध महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने अनुमान अनुसन्धानकर्ताहरूले गरेका छन् । 

डा. कमातले आफ्नै मेडिकल सेन्टरका कर्मचारीहरूमा यसबारे परीक्षण गर्ने बताएका छन् । सुरुमा एक हजार स्वास्थ्यकर्मीलाई यो खोप दिने र प्रभावकारी देखिएमा संक्रमणको जोखिममा रहेका स्वास्थ्यकर्मी, अस्पताल एवं मेडिकल प्रयोगशालाका कार्यकर्ताहरूलाई पनि यो खोप दिने डा. कमात बताउँछन् । 

बिसिजी खोप ‘फस्र्ट फेज’को अवस्थामा रहेको मूत्रथैली (ब्लाडर)को क्यान्सरको बिरामीमा इम्युनोथेरापीका लागिसमेत प्रयोग हुने गरेको छ । 

यद्यपि, बाल्यावस्थामा लगाइएको खोपले अहिलेसम्म रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउन नसकेको पनि हुन सक्छ । मेडिकल परीक्षणपछि सकारात्मक नतिजा देखिए मात्रै यो खोप कोरोना भाइरसविरुद्ध प्रयोग गरिने डा. कमातले बताएका छन् । 

यसै साता ‘न्युयोर्क इन्स्टिच्युट अफ टेक्नोलोजी’को एक अध्ययनले पनि राष्ट्रिय अभियानका रूपमा बिसिजी खोप दिइने जापान, ब्राजिललगायतका मुलुकमा कोरोना भाइरसको असर कम परेको जनाएको छ ।

‘भारतीयहरूले औषधि विज्ञानमा निकै योगदान दिँदै आएका छन् र यसले पनि हालको महामारीविरुद्ध सहयोग गर्न सक्नेछ,’ डा. कमात भन्छन्, ‘त्यसैले, बिसिजी खोपको क्लिनिकल परीक्षणको अध्ययन राम्रोसँग गरिनेछ ।’ 

ad

यो पनि पढौँ

रोकिएनन् विवाह भोज, गाउँभर सङ्क्रमित

कोर्पोरट आवाज डट कम

लिपुलेकमा सडक निर्माण तत्काल रोक्न भारतलाई नेकपाको आग्रह

कोर्पोरट आवाज डट कम

नेपालमै बनेको भेन्टिलेटरको सफल परीक्षण

कोर्पोरट आवाज डट कम

Leave a Comment