२२ चैत्र २०८२, आईतवार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
समाचार

‘रोनाल्डो अविश्वासनिय खेलाडी’

banner

 पोर्चुगिज तथा युभेन्ट्सका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको प्रशंसा गर्दै आरोन राम्सीले एक अविश्वासनिय खेलाडी भएको बताएका छन् । उनी खेलकुद्मा मात्र नभइ आफ्नो शारीरिक फिट्नेसमा पनि त्यति नै सावभान रहेको बताएका हुन् । 

“उनी एक असाधारण एथलीट हुन् । हाल मैदानमा बाहिर रहेका रोनाल्डोले आफ्नो प्ररै दिनचर्या जिममा बिताई रहेका छन्,” आरोनले एक इन्स्टाग्राम लाइभ च्याटको बेला गायक तथा गीतकार निल होरानलाई भने, “पहिले रोनाल्डोको पूरै दिनचर्यामा मैदानमा बित्ने गर्दथ्यो ।” 

उनले थपे, “कसैले पनि उनलाई राम्रो नराम्रो भनेर बताउन आवश्यक पर्दैन । उनी अविश्वसनीय खेलाडी हन् । र उनी खेलको इतिहासमा सब भन्दा महान छन् ।”

२९ वर्षीय राम्सीले यस वर्ष आर्सनल छोड्दै युभेन्ट्स पुगेका थिए । वेल्स अन्तर्राष्ट्रियले आफ्नो च्यामिपयन्स लिग लगायतका उपाधि जित्ने चाहना रहेको बताए । युभेन्ट्सले पछिल्लो केही वर्ष च्यामिपयनस लिगमा राम्रो प्रदर्शन गरिरहेको बताए । 

आरोनले भने, “पछिल्ला केही वर्ष युभेन्ट्सले च्याम्पियन्स लिगमा साँच्चै राम्रो प्रदर्शन गरेका छन् । मलाई लाग्छ च्याम्पियन्स लिग ट्रफीले ढोका ढकढक्याइरहेको छ । त्यसैले हामी प्रयास गर्न चाहन्छौं र म त्यो जित्नको लागि प्रयास गर्न मद्दत गर्न चाहन्छु ।”

ad

यो पनि पढौँ

डेढ घण्टामै उल्टियो सरकारको निर्णय, भोलि र पर्सि उपत्यका बाहिर जान नदिइने

कोर्पोरट आवाज डट कम

पहिराेले मेलम्ची खानेपानी आयोजनामा १ अर्बको क्षति

कोर्पोरट आवाज डट कम

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, यस्तो छ नयाँ मूल्यसूची

कोर्पोरट आवाज डट कम

Leave a Comment