फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, यस्तो छ नयाँ मूल्यसूची
२०७९ असार २० गते २१:१३ विकासन्युज266
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ।
भारतीय आयल कर्पोरेसनबाट मूल्य बढेर आएको भन्दै निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो।
निगमले पेट्रोलको मूल्य २ रुपैयाँ र डिजेल र मट्टीतेलको मूल्य ९ रुपैया बढाएको हो। यस्तै इन्धनको मूल्य ५ रुपैयाँले बढाएको छ ।
अब पेट्रोलको मूल्य प्रतिलिटर १८१, डिजेल र मट्टीतेलको १७२ र हवाई इन्धनको १९० पुगेको छ ।
भारतीय आयल निगमबाट इन्धनको मूल्य बढेर आएकाले नेपालमा पनि बढाउनुपरेको निगमले जनाएको छ।
एक साताअघि मात्रै सरकारले पेट्रोलमा प्रतिलिटर २० र डिजेल तथा मट्टितेलमा २७ रुपैयाँ कर घटाएको थियो।