२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
खेलकुद

काभानी भित्राउने एट्लेटिकोको मुख्य योजना

banner

फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) हाल विश्व फुटबलको महँगो टोली मध्येको एक हो । पीएसजीमा विश्व फुटबलका नाम चलेका खेलाडीहरु अनुबन्धन छन् । ब्राजिलियन स्टार खेलाडी नेयमार देखि लिएर फ्रान्सेली युवा स्टार खेलाडी केलियन एम्बाप्पे, उरुग्वेका स्टार खेलाडी इडिन्सन काभानी लगायत छन् । 

तर, काभानिको पीएसजीसँगको सम्झौता भने छिटै सकिँदै छ । काभानिलाई फ्रि टान्सर्फरमा भित्राउने एट्लेटिकोको योजना छ । यता पीएसजी भने उनलाई सम्झौता सकिनु भन्दा केही समय अघिनै बेच्ने योजना बनाएको छ । पीएसजीलाई पछिल्लो समय धेरै आर्थिक भार पनि छ । स्पेनिस क्लब बार्सिलोनाबाट पीएसजीले स्टार खेलाडी नेयमार भित्रायबाट पीएजीलाई हाल धेरै आर्थिक भार खप्नु परेको छ ।  काभानिलाई विन्टर विन्डोस ट्रान्सफरमा पनि एट्लेटिको जान सक्ने बताइएको थियो । तर, उनी क्लब मै रहे । काभानि हाल पीएसजीका लागि एक मुख्य अनुभवि खेलाडी पनि हुन् । पीएसजीका लागि सर्वाधिक गोल गर्ने खेलाडी पनि काभानि नै हुन् । उनले हाल सम्म पीएसजीका लागि २०० गोल पूरा गरि सकेका छन् । उनले लिग वानमा मात्र १३८ गोल पूरा गरेका छन् 

ad

यो पनि पढौँ

बुण्डेशलिगा सुरु हुँदा नेपाली खेलाडीहरु उत्साहित

कोर्पोरट आवाज डट कम

एसियन कप छनोट : बहराइनसँग बंगलादेशको हार 

कोर्पोरट आवाज डट कम

ललितपुरबाट युरोकप फुटवलको बाटसट्टेबाज खेल्ने पाँच जना पक्राउ

कोर्पोरट आवाज डट कम

Leave a Comment