२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग समाचार

मृत्यु संस्कारबाहेकका प्रयोजनका लागि अब सवारी पास नपाइने

banner

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले मृत्यु संस्कारमा सहभागी हुनेबाहेकका प्रयोजनका निम्ति सवारी पास वितरण स्थगित गरेको छ ।

सवारी पासको अत्यधिक मागले लकडाउन उल्लङ्घन हुने खतरा बढेपछि प्रशासनले मृत्यु संस्कारमा सहभागी हुनेबाहेकका कामका लागि सवारी पास नदिने निर्णय गरेका हो ।

लकडाउन प्रभावकारी पार्न बुधबार (बैशाख ३) देखि लागू हुनेगरी सवारी पास वितरण स्थगित गरिएको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले जानकारी दिए ।

लकडाउनमा अत्यावश्यक सवारीसाधन सञ्चालनका लागि प्रशासनले पास वितरण गर्दै आएको थियो । मंगलबारबाट उसले अनलाइनमार्फत इ–पास लिन सकिने व्यवस्था मिलाएको थियो ।

अत्यावश्यक खाद्यान्न, तरकारी ढुवानीलगायत कामका लागि भने पूर्ववत् अनलाइनमार्फत पास वितरण हुने प्रशासनले जनाएको छ ।

त्यस्तै, यसअघि पहेँलो रंगको पास लिएकाले अर्को पास लिन नपर्ने व्यवस्था पनि प्रशासनले मिलाएको छ । सातदिने म्याद राखेर यसअघि वितरित पासको म्याद गुज्रिएपछि प्रशासनले यस्तो व्यवस्था गरेको हो ।

ad

यो पनि पढौँ

बैंकहरुको बेस रेट कोभिड अघिको भन्दा माथि

कोर्पोरट आवाज डट कम

नेपाल प्रहरीका डिआईजीहरुको सरुवा, सिआईबीमा धिरजप्रताप सिंह (सूचिसहित)

कोर्पोरट आवाज डट कम

सडकमा होर्डिङ बोर्ड राख्न नपाइने

Corporate Aawaj

Leave a Comment