
काठमाडौंको सनसिटी अपार्टमेन्टमा आज गरिएको र्यापिड टेष्टमा सबैजनाको रिपोर्ट नेभेटिभ आएको छ । बिहान ९ बजेदेखि त्यहाँ स्वास्थ्य मन्त्रायलबाट खटिएको टोलीले परीक्षण गरेको थियो । ब्लक एमा रहेका सबैको परीक्षण गरिएको थियो ।
मंगलबार पीसीआरमार्फत गरिएको परीक्षणमा दुईजनाको पोजेटिभ रिपोर्ट आएको थियो । उनीहरुको घरमा काम गर्ने दुई युवाको रिपोर्ट पनि नेगेटिभ देखिएको बताइएको छ ।
कागेश्वरी मनोहराका मेयर कृष्णहरि थापाका अनुसार त्यहाँ करिब ३ सय जनाको परीक्षणा गरिएको थियो । सबैको रिपोर्ट नेगेटिभ आएको छ । बाँकी अब भोलि परीक्षण गर्छौँ,” उनले भने, “हामीले सबैको परीक्षण गर्ने तयारी गरेका छौँ ।”


