२२ चैत्र २०८२, आईतवार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग स्वास्थ्य

आरडीटी ‘पोजेटिभ’ देखिएका काभ्रेका दुई युवाको पीसीआर रिपोर्ट ‘नेगेटिभ’

banner

र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) मा पोजेटिभ देखिएका काभ्रेका दुई युवा पीसीआर परीक्षण रिपोर्टमा भने नेगेटिभ (संक्रमण) नभएको देखिएको छ ।

धुलिखेल अस्पतालस्थित प्रयोगशालामा स्वाबको पीसीआर परीक्षण गर्दा ती दुई युवामा कोरोना भाइरस संक्रमण नभएको पाइएको काभ्रे जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख डा. नरेन्द्रकुमार झाले जानकारी दिएका छन् ।

आरडिटी टेस्ट पोजिटिभ देखिएपछि रोग निश्चित गर्न दुवै युवाको स्वाब (नमुना) धुलिखेल अस्पतालको प्रयोगशालामा परीक्षण गरिएको थियो । त्यस क्रममा उनीहरू कोरोना संक्रमित नभएको पुष्टि भएको हो । अहिले दुवै युवा धुलिखेल अस्पतालकै आइसोलेसनमा उपचार गराइरहेका छन् ।

काभ्रेको बेथानचोक–५ का २८ वर्षीय युवा गत चैत ९ गते भारतबाट स्वदेश आएका थिए । मण्डनदेउपुर नगरपालिक–३ का युवा गत चैत ७ गते दुबईबाट फर्किएका हुन्

यता दुई जनामा कोरोना संक्रमण देखिएको काठमाडौंको काँडाघारीस्थित सनसिटी अपार्टमेन्टबाट धुलिखेल पुगेका एक व्यक्तिमा पनि कोरोना संक्रमण नभएको पाइएको छ । एनको नमुना पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको हो ।

ad

यो पनि पढौँ

नेपालमा थप ३ जनामा कोरोना पुष्टी, संक्रमितको संख्या १२ पुग्यो

कोर्पोरट आवाज डट कम

थप ३२ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ५ सय ४८ पुग्यो

कोर्पोरट आवाज डट कम

नेपाली चेली सविना श्रेष्ठ को’रोना भ्याक्सिन बनाउने जोन्सन कम्पनीको उत्कृष्ट कर्मचारी घो’षित

कोर्पोरट आवाज डट कम

Leave a Comment