२२ चैत्र २०८२, आईतवार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
विदेश

भारतको पश्चिम बंगाल सरकारले गर्‍यो मेची नाका सिल, आयात-निर्यात ठप्प

banner

 नेपालको पूर्वी नाकाबाट आयात निर्यात ठप्प भएको छ । कोरोना संक्रमणको जोखिम देखाउँदै भारतको पश्चिम बंगाल सरकारले नेपालसँग जोडिएको नाका बन्द गरेको मेची भन्सार कार्यालयका प्रमुख ध्रुवराज विश्वकर्माले जानकारी दिए ।

‘बंगाल सरकारले भारतीय भन्सार कार्यालयलाई पत्राचार गर्दै अनश्चित कालका लागि कारोवार रोक्न निर्देशन दिएको जानकारी मलाई पारीबाट गराएका छन्,’ भन्सार प्रमुख विश्वकर्माले भने ।

नकाअनुसार पश्चिम बंगाल भन्सार विभागका जोइन्ट कमिस्नर एसके मोहापात्रले अवस्था सामान्य नभएसम्म भारतबाट वस्तु निर्यात गर्न नसकिने बताएका छन् । नाकामा आएर थन्किएका वस्तुलाई रि-रुट गरी अन्य नाकाबाट पठाउन मोहापात्रले भारतीय भन्सारका अधिकारीलाई निर्देशन दिएको विश्वकर्माले बताए ।

भारततर्फको नाका बन्द भएपछि भारत, भुटान र बंगलादेशबाट नेपालमा हुने आयात ठप्प भएको उनले बताए । लकडाउनको समयमा सो नाका भएर ग्यासका बुलेट, तरकारी, फलफूल जस्ता वस्तुको आयात धेरै भएको उनको भनाइ छ ।

नाका खोल्न कुटनीतिक पहल सुरु

केन्द्र सरकारको नीतिबिरुद्ध राज्य सरकारबाट नाका बन्द गरिएपछि नेपालले कुटनीतिक पहल थालेको भन्सार विभागले जनाएको छ । परराष्ट्र र वाणिज्य मन्त्रालय हुँदै भारतीय दूावासलाई नाका बन्दबारे पत्रचार गरिएको छ ।

दिल्लीस्थीत नेपाली दूतावासबाट समेत पहल थालिएको जानकारी आफूलाई आएको मेची भन्सार प्रमु्ख ध्रुब विश्वकर्माले बताए ।

ad

यो पनि पढौँ

एनआरएनले कोभिड १९ राहत र ब्यबस्थापनको लागि नेपाल सरकारसँग समन्वय गरेर जाने

कोर्पोरट आवाज डट कम

भुटानी राजा भन्छन ‘म नेपालको प्रसूति गृहमा जन्मेको हुँ नेपालीहरुसँग मेरो घनिष्ट सम्बन्ध छ’…

कोर्पोरट आवाज डट कम

साइबर हमलाको बारेमा बाइडेनले गरे पुटिनसँग छलफल , पुटिनले भने- रुस संलग्न भएको कुनै प्रमाण छैन

कोर्पोरट आवाज डट कम

Leave a Comment