२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
अर्थ ट्रेंडिंग

‘वैदेशिक रोजगारीमा गएकालाई नेपाल ल्याउन पहल गर’

banner

सर्वोच्च अदालतले कोरोना भाइरसको महामारी फैलिएका देशबाट आफ्ना नागरिकलाई उद्धार गरी फिर्ता ल्याउन सरकारलाई आदेश दिएको छ । न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले सरकारका नाममा विदेशमा रहेका आफ्ना नागरिकलाई तत्काल फिर्ता ल्याउनेआवश्यक व्यवस्था गर्न आदेश गरेको हो । 

‘वैदेशिक रोजगारीमा अत्यन्त जोखिममा रहेका नेपाली नागरिकको अनियन्त्रित र अव्यवस्थित नेपाल प्रवेशबाट हुने थप जोखिमलाई नियन्त्रण गर्न, नागरिकको व्यक्तिगत अधिकार, बहुसंख्यक नागरिकाको जीवन स्वास्थ्य, सुरक्षाको हितलाई ध्यानमा राख्दै उनीहरुको उद्धार र फिर्ता ल्याउने कार्य गर्नुपर्ने देखिन्छ,’ आदेशमा उल्लेख छ, ‘उनीहरुलाई फिर्ता ल्याउनका लागि आवश्यक प्रशासनिक, आर्थिक र व्यवस्थापकीय पहल गर्न अन्तरिम आदेश जारी  गरिदिएको छ।’

सर्वोच्च अदालतले कोरोना भाइरसका कारण अन्य मुलुकहरुले पनि आफ्ना नागरिकहरु फर्काइरहेको र विदेशमा श्रम गरिरहेका नेपालीहरुलाई फर्काउन दबाबसमेत आएको  भन्दै उचित व्यवस्थापन गरी फिर्ता ल्याउन भनेको हो । वैदेशिक रोजगारीमा रहेका र उक्त देशमा महामारी फैलिएकाले त्यहाँ रहेका नेपालीहरुको अवस्थाबारे प्रतिवेदन तयार गर्न पनि सर्वोच्चले सरकारका नाममा आदेश गरेको छ । 

त्यस्तै, विदेशमा रोजगारीका लागि गएकाहरुलाई विश्व स्वास्थ्य संगठनको मापदण्डबमोजिम बिना भेदभाव उपचारलगायतका सेवा प्राप्त गर्ने व्यवस्था मिलाउन परराष्ट्रमार्फत् कूटनीतिक पहल गर्न भनिएको छ । 

अधिवक्ता सोमप्रसाद लुइँटेलसहितले विदेशमा रोजगारीका लागि गएका नेपालीहरु कोरोनाको महामारीका कारण समस्यामा परेको भन्दै  रिट दायर गरेका थिए ।

सोही रिटमा बिहीबार आदेश गर्दै अदालतले सरकारले तत्काल केही नगर्दा वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकको शारीरिक, मानसिक स्वास्थ्य र जीवन मात्र जोखिममा नरही उनीहरुसँग आश्रित परिवारको समेत जीवन जोखिममा पर्ने भन्दै उनीहरुको रक्षा गर्ने जिम्मेवारी सरकारकै भएको स्मरण गराइएको छ ।

सर्वोच्च अदालतले यसअघि विदेशमा रहेका र सीमानाकामा अलपत्र रहेका नेपालीहरुलाई स्वदेश ल्याउन र ल्याउन नसके सम्बन्धित देशमै उचित प्रबन्ध गर्न आदेश गरेको थियो ।

ad

यो पनि पढौँ

स्मार्ट पालिकाको बनायो लाईभ ट्रयाकिङ तथा क्वारेन्टाइन व्यवस्थापन प्रणाली, सबै स्थानिय तहलाई निशुल्क दिइने

कोर्पोरट आवाज डट कम

हेटौँडा–कुलेखानी सडकखण्डको यातायात सेवा अवरुद्ध

कोर्पोरट आवाज डट कम

अस्पतालले सम्भावित संक्रमणबारे केही भनेन, अन्त्येष्टिमा ५० बढी सहभागी

कोर्पोरट आवाज डट कम

Leave a Comment