२१ चैत्र २०८२, शनिबार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग स्वास्थ्य

र्‍यापिड टेस्टमा कोरोना पोजेटिभ देखिए पनि पीसीआरमा देखिएन : स्वास्थ्य मन्त्रालय

banner

कोरोना भाइरसको आशंकामा बुधबार (आज) सम्ममा पीसीआर र आरडीटीमा १९ हजार ४३२ जनाको  नमुना संकलन गरी परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयले आज गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पीसीआरबाट परीक्षण सात हजार २४० र र्‍यापिड टेस्ट किटबाट १२ हजार १९० जनाको कोरोना भाइरसको आशंकामा नमुना संकलन गरी परीक्षण गरिएको जानकारी दिए । आज देशैभरका विभिन्न अस्पतालको आइसोलेसनमा एक सय ३ जना भर्ना भएर उपचाररत रहेका उनले बताए । 

“अब ८ जिल्लाबाहेक सबैमा र्‍यापिड टेस्ट किट (आरडीटी) बाट परीक्षण सुरु भइसकेको छ,” उनले भने, “विभिन्न जिल्लामा र्‍यापिड टेस्ट किटबाट कोरोना पोजेटिभ देखिएकाहरूको सबैको पीसीआरमा परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको छ ।”

त्यसैगरी, आज देशैभरका क्वारेन्टाइनमा चार हजार ९०१ जना रहेको मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा कोरोना संक्रमित १६ जना छन् भने १५ जना विभिन्न अस्पतालमा उपचाररत छन्  । एकजना निको भइसकेक मन्त्रालयका प्रवक्ता डा. देवकोटाले जानकारी दिए ।

ad

यो पनि पढौँ

सर्लाहीका अर्का एक व्यक्तिमा पनि कोरोना पोजेटिभ

कोर्पोरट आवाज डट कम

थप १० जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या २९१ पुग्यो

कोर्पोरट आवाज डट कम

सिभिलले २२ करोडमा किनेको एमआरआई मेसिन प्रादेशिक अस्पतालले २९ करोडमा किन्दै

कोर्पोरट आवाज डट कम

Leave a Comment