२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग स्वास्थ्य

विमान चार्टर गरी ३४ जना डाक्टर सुदूरपश्चिम पठाउँदै स्वास्थ्य मन्त्रालय

banner

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणको उच्च जोखिम मानिएको सुदूरपश्चिम प्रदेशका लागि ३४ जना डाक्टर पठाउने भएको छ ।

शुक्रबार दिउसो यति एयरलाइन्सको चार्टर विमानबाट चिकित्सकलाई सुदूरपश्चिम प्रदेश पठाउन लागिएको मन्त्रालयका सहसचिव रघुराम विष्टले बताए ।

चिकित्सकहरु चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा दोस्रो र तेस्रो बर्षमा अध्ययन्रत विद्यार्थी डाक्टर हुन् । उनीहरु कोरोना विरुद्धको अभियानका लागि त्यसप्रदेशमा एक महिनासम्म रहेर काम गर्ने छन् ।

‘वीर अस्पतालमा एमडी अन्तिम बर्ष र सो भन्दा एक बर्ष अघि अर्थात तेस्रो र दोस्रो बर्षका, खासगरी इन्टरनल मेडिसिन, एनेस्थेसिया र पेडिट्रीसियनहरु जाँदै हुनुहुन्छ । एकदमै मोटिभेटेड भएर जाँदै हुनुहुन्छ,’ सहसचिव विष्टले भने ।

उनले यो टिम कोभिड रोकथाम नियन्त्रण र उपचारका लागि जान लागेको भन्दै आवश्यकताका आधारमा जहाँ जहाँ फिवर क्लिनिक छ , कोरोनाको उपचार आवश्यक छ, त्यहाँ रहेर काम गर्ने बताए ।

उनले डाक्टरको स्थानीय तहमा व्यवस्थापन तथा समन्वय प्रदेश सरकारले गर्ने समेत बताए ।

विपी प्रतिष्ठान धरानका डाक्टर प्रदेश नं २ मा जाने
उता मन्त्रालयले दुई नम्बर प्रदेशमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट विशेषज्ञ अध्ययनरत डाक्टर खटाउने निर्णय गरेको छ ।प्रतिष्ठानबाट ३० जना जति डाक्टर दुई नम्बर प्रदेशमा जाने सहसचिव विष्टले बताए ।

‘हामीले निर्णय गरिसकेका छौँ । अब भोलि पर्सीसम्ममा उहाँहरु मुभ हुनुहुन्छ,’ विष्टले भने ।  उनले  त्यहाँबाट खटिने डाक्टर पनि कोभिडविरुद्धको मोर्चा सम्हाल्ने बताए ।

‘यो अध्ययरत डाक्टर साथीहरुको लागि पनि ऐतिहासिक कुरा हो । ऐतिहासिक दायित्व निर्भाह गरेको भन्ने पनि हुन्छ । र उहाँहरु खुशी पनि हुनुभएको छ,’ विष्टले भने ।

सुदूरपश्चिममा अहिलेसम्म ५ जना कोरोना संक्रमित भेटिएका छन् । प्रदेश नं २ मा अहिलेसम्म ४ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

ad

यो पनि पढौँ

बेलायती महारानीको दुर्लभ सम्बोधन- कोरोनाले सन् १९४० को याद दिलायो

कोर्पोरट आवाज डट कम

भक्तपुर नगरपालिकाद्दारा संचालित ख्वप कोविड अस्पताललाई जनसहयोगको ओहिरो, १ करोड ३४ लाख प्राप्त

कोर्पोरट आवाज डट कम

सनसिटीमा र्‍यापिड टेष्ट गरेका सबैको रिपोर्ट नेगेटिभ

कोर्पोरट आवाज डट कम

Leave a Comment