४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग स्वास्थ्य

कोरोना संक्रमित १२ जना विराटनगरको कोरोना अस्पतालमा

banner

 उदयपुरको मस्जिदमा रहेका कोरोना संक्रमितलाई विराटनगरको कोरोना विशेष अस्पतालमा ल्याइएको छ ।

शुक्रबार राति १२ बजे कोरोना संक्रमित १२ जना र उनीहरु सँगै रहेका अन्य चार जनालाई पनि एम्बुलेन्समा विराटनगर ल्याइएको हो । संक्रमितमध्ये ११ जना भारतीय नागरिक र एक जना नेपाली  हुन् ।

संक्रमित १२ जनालाई कोशी अस्पतालको कोरोना विशेष अस्पतालको आइसोलेसनमा राखिएको मेडिकल सुपरिटेन्डेन्ट डा. संगीता मिश्रले जानकारी दिइन् । संक्रमित सँगै रहेका अन्य चार जनालाई भने मोरङको टाँडीमा सञ्चालित क्वारेन्टाइनस्थलमा पठाइएको छ ।

काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट कोरोना संक्रमण पुष्टि भएपछि ती भारतीय नागरिकलाई उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केमा रहेको मस्जिदबाट चारवटा एम्बुलेन्समा राखेर विराटनगर लगिएको थियो ।

ad

यो पनि पढौँ

जग्गाधनीलाई थाहै नदिई जग्गा बेचिदिने मालपोत कर्मचारीसहित १३ जना दोषी ठहर

कोर्पोरट आवाज डट कम

राष्ट्रपति भण्डारी र चिनियाँ राष्ट्रपति सीबीच टेलिफोन वार्ता, नेपाललाई १० लाख डोज खोप दिने घोषणा

कोर्पोरट आवाज डट कम

राष्ट्रपति विद्यादेवीले लगाइन झाडु !

Corporate Aawaj

Leave a Comment