२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग राजनीति

देउवाद्वारा कांग्रेसले जितेका स्थानीय तहलाई हिँडेका नागरिकलाई खाना खुवाउन निर्देशन

banner

प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका तर्फबाट विजयी स्थानीय तहका जनप्रतिनिधिलाई हिँडेर गन्तव्यमा गइरहेका नागरिकलाई खाना खुवाउन निर्देशन दिएका छन् ।

सभापति देउवाले शुक्रबार ट्वीट गर्दै समस्यामा परेका मजदुर र अति विपन्न परिवारहरूलाई खाना र खाजासहितको व्यवस्था गर्न निर्देशन दिएका हुन् ।

काठमाडौंलगायत जिल्लाबाट नागरिकहरू हिँडेरै घर गइरहेको र खाना–खाजा नपाएर अलपत्र परेपछि सभापति देउवाले खाना, खाजा र बसोबासको व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।

‘लकडाउनको कारण काठमाडौंलगायत विभिन्न क्षेत्रबाट खाना र बस्ने व्यवस्था नभएर पैदलै घर गइरहेका नागरिकहरूलाई नेपाली कांग्रेसका स्थानीय तह र पार्टीको भातृ तथा शुभेच्छुक संस्थाका साथीहरूले सामाजिक दूरी कायम गरी आ–आफ्नो क्षेत्रमा खाना र राति भए बासको प्रवन्ध मिलाउन म आग्रह गर्दछु’, सभापति देउवाले भनेका छन् ।

सरकारले पर्याप्त राहत दिन नसक्दा दैनिक ज्यालामजदुरी गरि खाने मजदुरहरू हिँडेरै गन्तव्यमा गइरहेको कांग्रेसले बताएको छ ।

देउवाले सरकार निमुखालाई सहयोग गर्नतिर भन्दा दर्शकमात्रै भएर बसेको पनि आरोप लगाएका छन् ।

ad

यो पनि पढौँ

काठमाडौंमा थालियो राहत वितरण, परिवारअनुसार चामलसहितको प्याकेट हुने

कोर्पोरट आवाज डट कम

‘स्वास्थ्यकर्मीहरुको तलब कट्टा गर्ने कुनै निर्णय भएको छैन’

कोर्पोरट आवाज डट कम

सशस्त्रका डिएसपीको रगतले बच्यो युवतीको ज्यान

कोर्पोरट आवाज डट कम

Leave a Comment