२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग राजनीति

रामकुमारी झाँक्रीले गरिन् ओली सरकारको अर्को ‘हर्कत’को भण्डाफोर

banner

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रतिनिधि सभाकी सांसद रामकुमारी झाँक्रीले संसदबाट पास भएको भूमिसम्बन्धी कानून भू–माफियाका लागि रहेको बताएकी छिन् ।

नेपाली रेडियो नेटवर्कमा बिहीबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै युवा नेतृ झाँक्रीले भूमिसम्बन्धी कानूनले भूमिहीन र सुकुम्बासीका लागि केही गर्न नसक्ने बताइन् ।

‘संसदबाट पारित भएको भूमिसम्बन्धी कानून जग्गा नभएका र सुकुम्बासीका लागि होइन । यो त भू–माफियाहरूको लागि मात्र हो’, उनले भनिन्, ‘संसदीय समितिमा छलफल हुँदा मैले यो कानून सुकुम्बासी र भूमिहनका लागि उचित छैन भनेर सुझाव नै राखेको थिएँ ।’

भूमिसम्बन्धी कानून गलत प्रक्रियाबाट आएको भन्दै झाक्रीले यस्तो गलत कानूनले सरकार र पार्टी दुवैलाई हानी गर्ने चेतावनी दिएकी छिन् ।

नेकपाकी नेतृ झाँक्रीले भूमिसम्बन्धी कानूनमा भएको व्यवस्थाअनुसार भूमिहीन र सुकुम्बासीलाई कुनै फाइदा नगर्ने बताइन् । उनले ठूला जग्गा प्लटिङ गर्दै हिँड्ने भू–माफियाहरूलाई मात्रै फाइदा हुने बताइन् । ‘भू–माफियाले आफ्नो जग्गालाई प्लटिङ गरेर बेचेर कमाउन पाउँछ । जग्गा साटफेर गर्न पाउँछ । यसरी त सुकुम्बासीको समस्या समाधान हुँदैन ।’

भू–माफियाहरूसँग मिलेका केही सीमित नेता तथा व्यापारीहरूलाई लक्षित गरेर बनाइएको भूमिसम्बन्धी कानूनले सरकार र पार्टीलाई नोक्सानी हुने उनले बताइन् ।

उनले सरकारमा भएका केही व्यक्तिहरूको इच्छाअनुसार आएको भूमिसम्बन्धी कानूनलाई संसदबाट जबरजस्ती पारित गरिएको बताइन् ।

‘भूमिसम्बन्धी कानून भू–माफियाको पक्षमा छ । सुकुम्बासीको पक्षमा छैन’, उनले भनिन्, ‘जमिन हडपेकालाई पुर्जा दिने व्यवस्था यसमा छ । यो गलत हो ।’

‘भूमिसम्बन्धी गलत कानून पास भयो । सरकारले गलत कानूनबाट गलत काम गर्दैछ’, नेकपाकी नेतृ झाक्रीले भनिन्, ‘यो गलत नीतिले नेकपा र सरकारलाई समस्यामा पार्छ । केही व्यक्तिका कारण समस्या भयो ।’

उनले पार्टीका कार्यकर्ता र जनताबाट आएका उचित सुझावलाई सरकारले ग्रहण गर्नुपर्ने बताइन् ।

प्रधानमन्त्री केपी ओलीले तलब नलिने कुरा स्वागत योग्य भएपनि अहिलेको समयमा राष्ट्रपतिको कार्यलयदेखि नगरपालिकाको मेयरले समेत नियुक्त गर्ने सहयोगीहरूको संख्या घटाउनुपर्ने उनले बताइन् ।

कोरोना भाइरसको संक्रमणका कारण देशमा ठूलो आर्थिक संकट आउने भन्दै नेकपाकी नेतृ झाँक्रीले सरकारले अहिले देखिनै फजुल खर्च घाउन तत्काल कानून बनाउन आवस्यक भएको बताइन् ।

‘भोलिका दिनमा संकट आउन सक्छ । त्यो अवस्था आउन नदिन सरकारले अहिले देखि फजुल खर्च घटाउने काम गर्नुपर्छ’, उनले भनिन्, ‘प्रधानमन्त्रीको कार्यलय र सचिवालयका साथै राष्ट्रपतिदेखि मेयरसम्मका सचिवालयमा कटौती गर्नुपर्छ ।’

उनले सरकारका हरेक तहतप्कामा बसेकाहरूको सचिवालयको नियुक्ति र सुविधा कटौती गरी कोरोना भाइरसविरुद्धको अभियानमा खर्च गर्नुपर्ने बताएकी छिन् ।

आफ्नो सुझावलाई प्रधानमन्त्री ओलीको सचिवालयमा बसेका १–२ जनालाई मन नपरेको उनले बताइन् । ‘मैले दिएको सुझाव राम्रोसँग पढ्न प्रधानमन्त्रीको सचिवालयका साथीहरूलाई अनुरोध छ’, नेकपाकी नेतृ झाँक्रीले भनेकी छिन्, ‘रचनात्मक सुझाव र सल्लाहलाई प्रधानमन्त्री र उहाँको सचिवालयले ग्रहण गर्न सक्नुपर्छ ।’

ad

यो पनि पढौँ

अन्तर्राष्ट्रिय मुद्रा कोषले कोरोनासँग जुध्न नेपालसहित २५ सदस्य देशलाई ५० करोड डलर सहयोग गर्ने

कोर्पोरट आवाज डट कम

जसपाको बहुमत पक्षद्वारा ठाकुर-महतोलाई अन्तिम अल्टिमेटम, २४ घण्टाभित्र चित्तबुझ्दो जवाफ नआए पार्टीबाट निष्कासन गर्ने चेतावनी

कोर्पोरट आवाज डट कम

भक्तपुरमा सामूहिक बलात्कार, एक जना पक्राउ

कोर्पोरट आवाज डट कम

Leave a Comment