२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग राजनीति समाचार स्वास्थ्य

‘स्वास्थ्यकर्मीहरुको तलब कट्टा गर्ने कुनै निर्णय भएको छैन’

banner

कोरोना संक्रमणविरुद्ध खटिएका स्वास्थ्यकर्मीको तलब कटाएर कोषमा जम्मा गरिएको भन्दै चौतर्फी आलोचना भइरहेको बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तलब नकटाएको स्पष्ट पारेको छ ।  सरकारले शुरू गरेको ‘कोभिड–१९ संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा स्वास्थ्यकर्मीको तलब नकटाएको शुक्रबार मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । 

पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले स्वास्थ्यकर्मीहरुको तलब कट्टा गर्ने कुनै पनि निर्णय नभएको स्पष्ट पारेका हुन् ।

स्वास्थ्यकर्मीहरूलाई उच्च मनोवलका साथ संक्रमण विरुद्धको लडाईंमा खट्नका लागि अनुरोध गरेको देवकोटाले सम्मेलनमा बताएका थिए । 

सरकारले तीनै तहका निजामति तथा सकारी कर्मचारीको तलब कटाएर कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको थियो ।

ad

यो पनि पढौँ

शनिबार ३ हजार २१८ जना नयाँ संक्रमित थपिए

कोर्पोरट आवाज डट कम

उपत्यकामा एक घण्टामै ५० मिलिमिटर पानी पर्‍यो, घट्टेकुलो डुबानमा

कोर्पोरट आवाज डट कम

स्वास्थ्य विभागका महानिर्देशक भट्टराईले १५ लाखका दरले करोडौं उठाएको आरोप

कोर्पोरट आवाज डट कम

Leave a Comment