२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग समाचार

पर्सामा राहत सामग्री लुटेको आरोपमा पाँच जना पक्राउ

banner

पर्साको पर्सागढी नगरपालिकामा विपन्नलाई वितरण गर्न लगिएको राहत सामग्री लुटपाट गरेको आरोमा पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्सागढी नगरपालिका वडा नं ५ का श्याम कुमार शर्मा, सम्सुल हवारी, चन्द्रकिशोर साह, चन्द्रिका पटेल र दर्शन रायभार रहेका प्रहरीले जानकारी दिएको छ । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली र एकटाङ्गाको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई वीरगञ्जस्थित जिल्ला प्रहरी कार्यालय ल्याइएको छ ।

शनिबार पर्सागढी नगरपालिका वडा नं ६ मा लैजाँदै गरेको ८४ पोका राहत सामग्री वडा नम्बर ५ का बासिन्दाले पचरुखी भन्ने ठाउँमा लुटेका थिए । एउटा पोकामा दुई किलो दाल, एक लिटर तेल, दुई प्याकेट नुन, दुई वटा डिटोल र दुई वटा कपडा धुने साबुन गरी छ सय रुपैयाँ बराबरको समान रहेको पर्सागढी नगरपालिकाले जनाएको छ ।

ad

यो पनि पढौँ

डिजेलमा पानी मिसाउने भक्तपुरकाे फ्युल सेन्टरलाई २ लाख जरिवाना

कोर्पोरट आवाज डट कम

जीवन विकास लघुवित्तको सेयर मूल्य ११९ प्रतिशतले बढ्यो, प्रतिकित्ता कति पुग्यो ?

कोर्पोरट आवाज डट कम

‘ब्रोकरहरुले मनलाग्दी गरे, बैंकहरुलाई ब्रोकरको लाइसेन्स दिनु पर्यो’

कोर्पोरट आवाज डट कम

Leave a Comment